Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता भन्छन् 'एनटीसीमा ईन्साइडर ट्रेडिङ भयो छानबिन होस्'

अर्थ संसार

मंगलबार, ०१ चैत्र २०७८, ०७ : ३० मा प्रकाशित

लगानीकर्ता भन्छन् 'एनटीसीमा ईन्साइडर ट्रेडिङ भयो छानबिन होस्'

नेपाल टेलिकमको इतिहासमै पहिलो पटक कम्पनीले लगानीकर्तालाई बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समिती बैठकले गत आर्थिक बर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

पहिलो पटक बोनस प्रस्ताव गरेको कम्पनीले बोनस घोषणा गर्देछ भन्ने हल्ला महिनौ अघिदेखि बजारमा चलिरहेको थियो ईतिहासमै बोनस नदिएको कम्पनीले बोनस वितरण गर्दैछ भन्ने कुरा पहिले नै कसरी बाहिरियो यो सम्बन्धीत निकायहरुबाट निष्पक्ष छानविन हुनु जरुरी देखिन्छ । यस्तो संवेदनशिल कुरा महिनौ पहिलेदेखि बजारमा कसरी आयो कसले सूचना चुहावट गर्यो भन्ने विषयमा छानविन हुनुपर्ने लगानीकर्ताहरुको माग छ । 

नेपाल टेलिकमले लाभांश घोषणा सहित डाक्यो साधारणसभा, पहिलोपटक बोनस प्रस्ताव

सामाजिक सञ्जालमा एक लगानीकताले त सोमबारको टिएमएस बिग्रनु र मंगलबार एनटिसीको बोनस घोषणा हुनुलाई संयोग मान्न नसकिने बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् 'यदि एनटीसीको इन्साइडर छानबिन गर्ने नै हो भने आइतबारको ४५ नम्बर ब्रोकरको प्लोरसिट हेर्दा हुन्छ, सोमबारको कारोबारमा पनि अधिकांश ब्रोकरहरुको सिस्टम डाउन हुँदा ४५ नम्बरले भने आक्रमक रुपमा एनटिसी किनेको दखिन्छ यस्तो अवस्थामा पनि हामीले के सोमबारको टिएमएसमा आएको समस्यालाई स्वभाविक नै मान्ने त ?' 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको