Like us!
Follow us!
Connect us!
Watch us!

‘सेयरबाट कमाउने हो भने कित्तामा मात्र होईन, शिक्षामा पनि लगानी गर्नुपर्छ’

लगानीकर्ताको आवाज

बुधबार, ०२ चैत्र २०७८, ०७ : ३० मा प्रकाशित

अध्यनको क्रममा सेयर बजार प्रति आकर्षित बनेका केशव अधिकारी आइपीओ परेपछि सेयरको बिक्री गर्ने प्रयोजन सँगै दोश्रो बजारमा प्रवेश गरेका थिए भने सेयरबजार बाट मुनाफा कमाउन सकिने सम्भावना रहेको क्षेत्र ठानेर औपचारिक रूपमा सेयरबजारमा प्रवेश गरेका थिए। सेयर बजारबाट कमाउन चाँहानेहरुले सेयरका कित्ताहरुमा मात्र लगानी नगरी सेयर बजार सम्बन्धी विभिन्न अध्ययनमा लगानी गर्नुपर्ने उनको तर्क छ । सुरुमा बजार प्रवेश गर्ने लगानीकर्ताहरुले त सेयरका कित्तामा भन्दा पनि पहिले सेयर शिक्षामा लगानी गर्नुपर्ने उनको सुझाव छ ।

लगानीको क्रममा सुरुवातमा ब्रोकर कार्यालय जाँदा लगानी गर्न बसेका लगानीकर्ताको विचारबाट प्रभावित रहेका उनी थप उत्साहका साथ लगानी पूँजी बढाएका थिए। सेयरबजारका पछाडिका विषय बुझ्न उनी ब्रोकर कार्यालय र स्वअध्यन गरेका थिए। 

सेयर बजार संवेदनशील क्षेत्र रहेको हुँदा अहिले आक्रामक रुपमा सेयरबजारमा प्रवेश गरेकाहरुले सेयरबजारलाई पूर्ण समय दिनुभन्दा सेयरबजारमा रहेको गुमाउने सम्भावनालाई आत्मसाथ गर्दै हुन आउने दुर्घटनालाई निरुत्साहित गर्न अन्य व्यवसायलाई मनन गर्दै अन्य व्यवसायलाई पनि प्राथमिकता दिन उनी सुझाव दिन्छन्। 

रियल स्टेट र सेयरबजार दुवै आम्दानीयोग्य ठाउँहरू हुन तर सेयरबजारमा रियल स्टेटमा भन्दा जोखिम हुने उनी बताउँछन्। सेयरबजारमा लगानी प्रवेश गर्दा शेयरबजारका चालहरु बुझेर लगानी गरेमा अत्यधिक आम्दानी गर्न सकिन्छ। 

अध्ययन सहितको लगानी गरेमा सेयरबजारमा मनग्य नाफा कमाउन सकिने उनी बताउँछन् र यदि तपाईंसँग २० हजार छ भने सुरुमा लगानी गर्दा १० हजार अध्यनमा छुट्याउन १० हजारले लगानी गर्न उनी सुझाव दिन्छन्। यसरी गरेको लगानीको अधिकतम मुनाफा कमाउन सकिन्छ र थप लगानी पूँजी वृद्धि हुने उनी बताउँछन्। अध्यन बिना गरेको लगानीले सबै पूँजी गुमाउने सम्भावना रहने उनको दाबी छ ।

सेयरबजारमा एकपटक प्रवेश गरेपछि बाहिर निस्किन मन लाग्दैन त्यसैले सुरुवातमा नै पर्याप्त अध्यन गरेर र न्यूनतम आधारभूत विश्लेषण, व्यवस्थापन पक्ष र बाजार प्रवेश समय होकी होइन भन्ने विषयलाई ख्याल गर्नुपर्ने सुझाव दिन्छन् र बजारको बहावलाई बुझ्न र बजारको संवेदना पर्याप्त रूपमा बुझ्न सुझाव दिन्छन् । सेयरबजार सबैको लगानीको लागि हो र सबैले अध्यन गरी लगानी गर्न आग्रह गर्छन् र अनलाइन मार्फत कारोबार गर्न सकिने हुँदा सबैलाई लगानी गर्न सहज रहेको उनको विचार छ। 

लगानी गर्न वाणिज्य बैंक क्षेत्र उत्कृष्ठ हुने उनी बताउँछन् र वाणिज्य बैंक बजारको बहावको निर्णायक क्षेत्र रहेको उनको दाबी छ र अहिले तरलता अभाव साथै नियमनकारी निकायले बजारमा ध्यान नदिँदा बजारमा असर परेको उनको दाबी छ। नेपालमा नियमनकारी निकायले नीति कागजमा मात्र सीमित राख्ने र कार्यान्वयन नगर्ने उनको आरोप छ । सरकारले बजेट खर्च गर्ने तथा चुनावको समय आएको बाजार राम्रो हुने उनको विचार छ भने अहिलेको बाजार सकारात्मक नै रहेको उनको विचार छ। तरलता अभाव नै बजारलाई चुनौती रहेको उनको दाबी छ ।



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको