पछिल्लो केहि दिन यता बैंकिङ प्रणालीमा निक्षेप संकलन बढेको छ । नेपाल राष्ट्र बैंककोले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन बढ्दा कर्जा लगानी घटेको हो ।
फागुन ३० गतेसम्ममा बैंकिङ प्रणालीको कुल निक्षेप संकलन कुल निक्षेप ४९ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ८ अर्बले बढेको हो । फागुन २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले ४८ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
फागुन ३० गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अघिल्लो दिनको तुलनामा ५ अर्बले बढेको हो । फागुन २९ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
त्यसैगरी, समग्र बैंक तथा वित्तिय संस्थाहरुको कर्जा लगानी २ अर्बले घट्दा वाणिज्य बैंकहरुको कर्जा लगानी भने घटेको छ ।बैंकहरुको कर्जा लगानी एक अर्ब रुपैयाँले घटेर ४१ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । फागुन २९ गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस