Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ लगानीकर्ताका लागि सेयर बजारको नखुलेको पाटो

अर्थ संसार

बुधबार, ०२ चैत्र २०७८, १५ : ०० मा प्रकाशित

नयाँ लगानीकर्ताका लागि सेयर बजारको नखुलेको पाटो

पछिल्ला समय नेपालको सेयर बजारमा नयाँ लगानीकर्ताहरुको बलियो उपस्थिती छ । नेपाल पुनर्बीमा कम्पनीको आईपीओको मूल्य बढ्नु र कोरोनाका कारण लगानीका अन्य क्षेत्रहरु बन्द हुँदा सेयर बजारमा लगानीकर्ताहरुको उपस्थिती बढेको हो ।

पछिल्लो समय बजारमा प्रवेश गर्ने कतिपय लगानीकर्ताहरु बजारका बारेमा राम्रो अध्ययन अनुसन्धान गरेर प्रवेश गरेको पाइन्छ । कतिपय लगानीकर्ताहरुले त प्राविधिक ज्ञान समेत हिँसिल गरेर बजारमा प्रवेश गरेका छन् भने कति लगानीकर्ताहरु अरुले बजारबाट कमाएको देखेर सुनेर मात्रै सेयर बजारमा लागेको पाइन्छ । 

सेयर बजार आर्थिक उपार्जन गर्न चाहानेहरुका लागि प्रसस्त सम्भावना बोकेको क्षेत्र पनि हो तर यसका सम्भावनाका साथसाथै प्रसस्त चुनौतीहरु पनि छन् । जति बजारबाट कमाउने सम्भावना छन् त्यो भन्दा बढी बजारमा गुमाउने सम्भावना रहन्छ भन्ने कुरालाई मनन गरेर लगानी गरे त्यस्तो लगानी सुरक्षित हुन सक्छ ।

अरु कसैले फलानो कम्पनीमा लगानी गरेर यति कमायो भन्नु र कसैले ठुलो नदिमा पौडी खेलेको देखेर वा उसले त्यो नदि सजिलै पार गरेको देखेर मैले पौडी खेल्नै नजानेको व्यक्तिले उक्त नदिमा हाम फाल्नु जस्तै हो यदि त्यो बेलामा पानीको बहाव कम भएको समय परेत उ बच्ला वा कसैले बचाउन पनि सक्लान् तर यदि त्यो बेला पानिको बहाव उच्च पर्यो पनि त्यहाँ ठुलो दुर्घटना पनि हुन सक्छ । 

सेयर बजारमा लगानी गर्ने वा लगानी गर्न चाहाने लगानीकर्ताहरुले अरुले के गर्यो कुन कम्पनीबाट पैसा बनायो भन्दा पनि म आफू के हुँ, मसँग भएको लगानी योग्य रकम कस्तो रकम हो भन्ने कुरा बुझेर यसबाट हुने सम्भावित नोक्सानीलाई पनि आँकलन गरी लगानी गर्न सकेमा त्यो केही सुरक्षित र लाभदायक हुन सक्छ । 

केही नयाँ लगानीकर्ताहरुमा सेयर बजार पैसा कमाउने मात्र ठाँउ हो भन्ने जुन मनोभावना छ सबैभन्दा पहिले त्यो मनोभावनालाई परिवर्तन गर्न जरुरी छ । सेयरमा लगानी गर्ने धेरै लगानीकर्ताहरु बजारकै कारण करोडपती बनेका छन् तर केही लगानीकर्ताहरु त बजारकै कारण सडकमै आएको यथार्थलाई पनि हामीले बिर्सनु हुँदैन । 

हौसियर लगानी गर्दा नमज्जाले डुबे

नाम उल्लेख नगर्ने सर्तमा यो पंतिकारसँग एक नयाँ लगानीकर्ताले आफ्नो गुनासो वा पिडा पोखे । मैले बजार करिब करिब २००० को विन्दुमा हुँदाको समयबाट बजारलाई हेरिरहेको थिएँ, विभिन्न साथी भाइहरुसँगको भेटघाटमा पनि खाली बजारबाट कमाएको मात्र कुरा सुन्थेँ अनि मैले पनि आफुसँग भएको केही पैसा लगानी गर्दै गएँ फाइदा पनि राम्रै भइरहेको थियो यो सबै कुराले मलाई सेयरमा लगानी गर्न थप हौस्यायो र बिस्तारै सरसापट गरेरै आफ्नो लगानीलाई बढाउँदै लगेँ ।

बजारले दिएको प्रतिफलले मलाई यतिसम्म हौस्यायो कि मैले साथी भाइ र आफन्तहरुसँग वार्षिक ४८ प्रतिशतसम्म ब्याजमा पैसा लिएर सेयर किन्न थालेँ मलाई ४८ प्रतिशतसम्म ब्याज दिन जोस आउनुको कारण चाँही पहिले आफुले किनेका कम्पनीहरुबाट केही दिनमै २० प्रतिशत भन्दा बढी मुनाफा कमाएको थिएँ यसरी हेर्दा त मैले त्यो ब्याज तिर्ने बराबरको नाफा त १ महिनामै कमाउँछु जस्तो लाग्यो तर बजारमा त्यस्तो नहुने रैछ ३२०० को विन्दुबाट बजार फर्कियो केहि दिनसम्म त बजार फर्किएला नी भनेर सोचेँ अरु जाने बुझेकालाई सोध्दा पनि यो अहिलेको सामान्य करेक्सन मात्र हो केही दिनमै बजार फर्किन्छ भने होला त भने कमसेकम समयमै नोक्सानमै भएपनि सेयर बेच्न सकेको भए अहिले यस्तो अवस्था त हुने थिएन उनले गुनासो गरे । 

अब अहिले आफुले कमाएको पैसाले सावा त के कर्जा लिएको पैसाको ब्याज समेत तिर्नसक्ने अवस्था छैन, मासिक ब्याज दिन्छु भनेर पैसा लिएकाहरुलाई अहिले ४ महिना भयो एक रुपैयाँ ब्याज पनि तिर्न सकेको छैन अब उनीहरुलाई पनि आग्रह गरेको छु तिमिहरुको साँवा त म जसरी पनि तिर्छु विदेशमै गएर कमाएर भएपनि यो ब्याजका लागि धेरै मलाई तनाव नदेउ भनेर घरमा समेत नभनी सेयर किनियो अहिले घरमा समेत दुखेसो गर्ने अवस्था छैन मैले त पासपोर्ट पनि बनाईसकेँ अब केही नभए कुनै खाडि मुलुकमै गएर भएपनि मलाई विश्वास गरेर कुनै धितो र कागज बिनै कर्जा दिनेहरुको साँवा मात्रै भएपनि तिर्छु, बजारको हल्ला र बुमबुम भन्दै लाग्दा नराम्रोसँग डुबे अब कसरी उत्रने हो थाहा छैन । 

अहिले बल्ल मलाई महशुस भइरहेको छ एउटा जुत्ता किन्दा त मैले कति बुझेर गुगलमा हेरेर कति पसल डुलेर बार्गेनिङ गर्ने मान्छे म किन आफ्नो पैसा सेयरमा लगानी गर्दा कुनै सोच विचार नगर्दाको परिणाम म अहिले भोग्दैछु म बजारमा अहिले आएका साथीहरुलाई पनि अनुरोध गर्छु कुनै पनि कम्पनीमा लगानी गर्दा हजार पटक सोच्नुहोला कम्पनीका बारेमा बढ्नु होला यो अरुले भने जस्तै सजिलै पैसा आउने ठाँउ हुँदै होईन केही व्यक्तिले सजिलै पैसा कमाएका त होलान् तर अरुको देखेर नहुने रैछ । के कोही साथीहरु डाक्टर बनेर पैसा कमाएको देखेर के हामी पनि डाक्टर बन्न सम्भव छ त ? डाक्टर बन्न कति अध्ययन र लगानी चाहिन्छ त्यो कुरा हामीलाई थाहा छ हो त्यसरी नै सबै मानिस पनि ट्रेडर बन्न सम्भव छैन ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको