Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले घटेको बजारमा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

अर्थ संसार

बुधबार, ०२ चैत्र २०७८, १५ : २८ मा प्रकाशित

दोहोरो अंकले घटेको बजारमा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

आज (बुधबार) सेयर बजारमा दोहोरो अंककले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.६५ अंकले घटेर २६३१.३२ विन्दुमा झरेको छ । 

घटेको बजारमा आज इमर्जीङ नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ४ सय ७२ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । 

त्यस्तै सर्वाधिक सेयरमूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : मैलुङखोला जलविद्युत कम्पनी, सोल्टी होटेल, ओरियन्टल होटेल्स, नेपाल फाइनान्स, तारागउँ रिजेन्सी होटेल, अजोड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, गरिमा विकास लघुवित्त वित्तीय संस्था र एनएमबि ५० रहेका छन् । 

6231b1b829679.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको