Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले ल्यायो मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै नयाँ गज्जबको दैनिक जीबी प्याकहरू

अर्थ संसार

बुधबार, ०२ चैत्र २०७८, १५ : ५७ मा प्रकाशित

एनसेलले ल्यायो मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै नयाँ गज्जबको दैनिक जीबी प्याकहरू

एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।

ग्राहकले अब कर सहित मात्र रु १२९ मा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिदै प्रति दिन ७ दिन सम्म १ जीबी डेटा प्रयोग गर्न सक्छन् ।

त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक मात्र रु १९९ मा लिएर ७ दिनसम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन् ।

यी दुई दैनिक जीबी डेटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै संचालनमा रहेका डेटा प्याकहरुमा डेटा भोल्युम पनि बढाएको छ । यस अन्तर्गत ग्राहकहरुले पहिले कै मुल्यमा थप भोल्युम सहितको डेटा प्याकबाट फाइदा लिन सक्छन् । भोल्युम बढाइएको डेटा प्याक अन्तर्गत ग्राहकले मात्र रु १६९ मा १०।५ जीबी डेटा खरिद गरि दैनिक १।५ जीबी डेटा ७ दिन सम्म प्रयोग गर्न सक्छन् । पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले ७ दिन सम्म कुल ७ जीबी पाइरहेका थिए ।

अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्र रु २६९ मा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिन सम्म प्रयोग गर्न सक्छन् । यस अघि ग्राहकले सोहि मुल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिन सम्म पाइरहेका थिए । त्यसैगरि एनसेलका ग्राहकले अब मात्र रु ५९९ मा ४२ जीबी डेटाको फाइदा लिन सक्छन् जस अन्तर्गत ग्राहकले हरेका दिन २८ दिन सम्म १।५ जीबी डेटा प्रयोग गर्न सक्छन् । 

यी नयाँ तथा परिमार्जित प्याकहरु आज बुधबार ९चैत्र २० बाट सञ्चालनमा ल्याइएका हुन् । प्रिपेड ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । 
दैनिक जीबी डेटा प्याक अन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याकहरु र थप गरिएका डेटा भोल्युमहरुले ग्राहकहरुलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसीयाली साटासाट गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको