Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, ११ : ०५ मा प्रकाशित

नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल विक्रि वितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघ संग सम्झौता गरेको छ । 

यस सम्झौता अन्तर्गत मोबाइल वितरकको संजालमा रहेका खुद्रा विक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सीङ कर्जा सुविधा उपलब्ध गराउनेछ । साथै, आफनो व्यवसायको आवश्कता बमोजिम मोबाइल वितरकले बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्घ सेवा सुविधाहरु प्राप्त हुने सम्झौतामा उल्लेख गरिएको छ ।

उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख निरज कुमार बस्नेत (डनिल), र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् । 

साझेदारीको बारेमा बोल्दै, निरज कुमार बस्नेत (डनिल)ले नबिल बैक सदैब साना तथा मझौला स्तरका व्यवसायीहरुको दिगो विकासको लागी समय–सान्दर्भिक कर्जा तथा सुविधाहरु सरल र सहज किसिमले बढी भन्दा बढी व्यवसायीहरुको पहुँचमा पुर्याउन निरन्तर लागी परिरहेको जानकारी गराए ।

यस साझेदारी अन्तर्गत संघ संग आबद्ध भएका नेपालभरी छरिएर रहेका मोबाइल वितरक व्यवसायीहरुको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य रहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको