Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री शर्माको प्रश्न-'बजारबाट पूँजी कता हरायो, कतै सिरानीमुनि लुकेको त छैन ?'

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, १६ : ०८ मा प्रकाशित

अर्थमन्त्री शर्माको प्रश्न-'बजारबाट पूँजी कता हरायो, कतै सिरानीमुनि लुकेको त छैन ?'

अर्थमन्त्री जनार्दन शर्माले बजारको पूँजी कता हरायो भनी आफुले खोजिरहेको बताएका छन् । आज नागरिक लगानी कोषद्धारा आयोजित कोषको ३२ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् । 

'अहिले बजारको पूँजी कता हरायो यो खोजीको बिषय हो' उनले भने 'हाम्रो पूँजी कतैै सिरानी भित्र त छैन, पूँजी कतै निष्कृय भएर बसेको त छैन भनेर अहिले म त्यस्तो पूँजीको खोजी गरिरहेको छु ।' 

'अहिले नेपालमा भित्रिने रेमिट्यान्समा पनि केही कमि आएको छ अब त्यसलाई बढाउन पनि विभिन्न योजनाहरु बनिरहेका छन् रेमिट्यान्स पठाउँदा लाग्ने शूल्क परिवर्तन गर्ने र औपचारिक बाटोबाट पैसा पठाउने विदेशमा रहेका कामदारहरुलाई प्रोत्साहन गर्ने नीतिमा सरकार छ अब त्यही अनुसार अघि बढ्छौ' मन्त्री शर्माले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको