Like us!
Follow us!
Connect us!
Watch us!

‘उद्यमी व्यवसायीले पाउनुपर्ने बिना धितो कर्जामा गैरव्यवसायीको हालीमुहाली भयो’

अर्थ संसार टक

आइतबार, ०६ चैत्र २०७८, १४ : ३० मा प्रकाशित

घरेलु तथा साना उद्योग नवनिर्वाचित अध्यक्ष उमेश प्रसाद सिंहले स्थापनाकालका उद्देश्य र आयामहरू पुरागर्नु बाँकी रहेको हुँदा स्थापनाकालका सामूहिक सिद्धान्त र युवाहरुलाई उद्यममा आकर्षण गर्न पहल गर्ने बताउँछन् । 

अहिले राज्य उद्यमलाई प्रवर्धन भन्दापनि करमुखी भएको हुँदा विभिन्न समयमा उद्यम बन्द गर्नुपर्ने अवस्थासम्म आएको पाइन्छ जसको कारण राज्यको कानुन उद्यम मैत्री नभएको र युवाहरुलाई उद्यमसम्म आउन बाकिरहेको खाडल पुर्न भूमिका खेल्ने र उद्यम र उद्यमी मैत्री कानुन निर्माण गरी उत्पादनलाई बजारसम्म पुर्याउन र घरेलु तथा साना उद्योगलाई परिचालन गरी स्वदेशमै उत्पादन सम्भव वस्तुहरू स्वदेशमै उत्पादनको वातावरणमा जोड दिने र आयातलाई निरुत्साहन तथा निर्यातलाई प्रवर्धन गर्ने साथै घरेलु उद्योगमा प्रायोग हुने परम्परागत प्रविधि र कार्यशैली लाई प्राविधिकरण गर्न जोड दिने र दक्ष जनशक्ति उत्पादनमा प्रवर्धन गर्न भूमिका खेल्ने बताए।

नीतिगत रुपमा राज्य सञ्चालक र उद्योग एबम् उद्यमीबीच सम्वन्यनको अभाव देखिएको हुँदा नीतिगत रूपमा पहल गर्ने र नीतिअनुसार बजेटको प्रभावकारी कार्यान्वयन गर्न विशेष भूमिका खेल्ने योजना रहेको बताए। सरकारले उद्यम प्रवर्धन गर्न नसकेको हुँदा सरकारसँग सम्बन्यन गरी उद्यम प्रवर्द्धनका लागि उद्यमीहरुलाई न्यूनतम ब्याजदरमा सरकारले युवा तथा उद्यमीका योजनामा लगानी गर्ने वातावरण तयार गर्ने र उद्यमीलाई उद्यम प्रभावकारी रूपमा सञ्चालन र स्वचालित बनाउन जनशक्ति प्रशिक्षण र अन्य प्राविधिक तथा प्रशासनिक सहयोग गर्ने बताउँछन्।  

उद्यमीहरु उद्यममा प्रभावकारी रूपमा नलाग्नु र सञ्चालनमा आएका साना उद्यमहरु प्रभावकारी बाजार लिनु अगाबै बन्द भएको अवस्था देखिनुको मुख्य कारण कर्जा लिँदा एक ब्याजदर हुने र केही समयमा ब्याजदर वृद्धि हुने हुँदा यसले उद्यमीलाई दुरुत्साहन गरिरहेको कारण देखाउँदै यसलाई नियमन गर्नुपर्ने र उद्यम कर्जा सम्भव भएसम्म न्यूनतम मूल्य हुनुपर्ने साथै कर्जामा एकरूपता ल्याउन नीतिगत पहल गर्ने बताउँछन् साथै वास्तविक उद्यमी व्यवसायीले पाउनुपर्ने बिना धितो कर्जा अन्य व्यक्तिले पाएको हुँदा यसमा नियमन गर्नुपर्ने सुझाव दिएका छन्। 

सरकारले जनशक्ति उत्पादन मात्र गरेको तर दक्ष जनशक्ति उत्पादनमा भूमिका नखेल्दा दक्ष जनशक्ति विदेशबाट ल्याउनुपपर्ने हुँदा कहिले कही उत्पादन रोकिने अवस्था आएको हुँदा सरकारले दक्ष जनशक्ति उत्पादन र प्रशिक्षणमा भूमिका खेल्नुपर्ने बताउँछन् र यस्मा आवश्यक सम्यन्वन गरी दक्ष जनशक्ति उत्पादनका कार्यक्रम ल्याई उद्यमलाई प्रभावकारी बनाउने योजना रहेको बताएका छन्। 

कच्चापदार्थ आयातमा भन्सार उच्च हुँदा प्रशोधन सहित बजारमा उत्पादित वस्तुलाई बजारसम्म पुग्दा बजारमूल्य उच्च हुने हुँदा आयातित वस्तुको मूल्य भारी अन्तर देखिन्छ जसले घरेलु गुणस्तरीय वस्तु छायाँमा परेको हुँदा स्वदेशी उत्पादनमा प्रोत्साहन गर्नुपर्ने र आयातित वस्तुमा नेपाली ट्याग लगाई उच्च मूल्यमा गुणस्तरहीन समान बिक्री गरिने हुँदा यसको नियमनमा जोड दिनुपर्ने बताउँछन् ।

अहिले कोभिडले अर्थन्त्र प्रभावित रहेको हुँदा उद्यम प्रवर्द्धनका साथै आर्थिक विकासमा घरेलु उत्पादनले विशेष भूमिका रहेको छ  । घरेलु उत्पादन प्रवर्धन गर्न सबैलाई अनुरोध गर्दछन्  ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको