Like us!
Follow us!
Connect us!
Watch us!

बागलुङको बलेवामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, १२ : ३१ मा प्रकाशित

बागलुङको बलेवामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको हो । 

हिजो (सोमबार) बागलुङ जिल्लाको बागलुङ नगरपालिका – १४, बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सुर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञावलीले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका छन । यस्तै, एटीएम काउण्टरको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपीनाथ मैनालीले उद्घघाटन गरेका छन् । 

बैंकका अध्यक्ष ढकालले, सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको र बागलुङको वलेवा नारायस्थान शाखाले त्यहाँका स्थानीय वासिन्दा, किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यका साथ शाखा स्थापना गरिएको बैंकका अध्यक्ष ढकालले बताए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको