Like us!
Follow us!
Connect us!
Watch us!

दाेश्राे बजारमा इमर्जिङ नेपालकाे ११ दिन : १ हजारको लगानी ६ हजार नाघ्याे

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, १३ : ५४ मा प्रकाशित

दाेश्राे बजारमा इमर्जिङ नेपालकाे ११ दिन : १ हजारको लगानी ६ हजार नाघ्याे

हालसम्म धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इमर्जिङ नेपाल लिमिटेडकाे कुल ११ दिन काराेबार भएकाे छ । फागुन २२ गतेदेखि सुरू भएकाे कम्पनीकाे काराेबार आजसम्म कुल ११ दिन पुगेकाे हाे । 

कुल ११ दिनकाे काराेबारमा कम्पनीकाे आईपीओ हात पार्ने लगानीकर्ताहरुकाे एक हजारकाे लगानी ६ हजार नाघेकाे छ । कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता २८७ रुपैयाँ १० पैसामा भएकाे थियाे । अहिले यस समाचार तयार पर्दासम्म कम्पनीकाे सेयरमूल्य ६ सय २८ रूपैयाँ ८० पैसा पुगेकाे छ । यस हिसाबमा कम्पनीको आईपीओमा १ हजार रुपैयाँ लगानी गर्ने लगानीकर्ताहरुको सेयर पुँजी अहिले बढेर ६ हजार २ सय नाघेकाे छ । 

फागुन २० गते, शुक्रबार कम्पनीकाे ५५ लाख ५६ हजार कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । कम्पनीले काराेबारका लागि ENL सिम्बाेल पाएकाे छ ।

कम्पनीले माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाकाे रद्द थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका थिए । जसमध्ये ८ जनाले ११ कित्ता सेयर पाएका थिए ।

623987cdd6122.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको