Like us!
Follow us!
Connect us!
Watch us!

इमर्जिङ नेपालको नाफा घट्दा कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

मंगलबार, १३ बैशाख २०७९, १३ : ०५ मा प्रकाशित

इमर्जिङ नेपालको नाफा घट्दा कस्ता छन् अन्य सूचक ?

इमर्जिङ नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीकाे खुद नाफा ७.७८ प्रतिशतले घटेर ७८ लाख ९७ हजार ३१ हजार रुपैयाँमा सिमित भएकाे छ । गत वर्षको यसै अवधिमा कम्पनीले ८५ लाख ६४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म कम्पनीकाे सञ्चालन आम्दानी पनि घटेर १० लाख ३ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसै अवधिमा कम्पनीकाे सञ्चालन आम्दानी २९ लाख ९४ हजार रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीकाे अन्य स्रोतबाट हुने आम्दानी भने ९५ लाख ९३ हजार रुपैयाँबाट बढेर २ करोड ९ लाख ८१ हजार रूपैयाँ पुगेको छ । 

त्यस्तै, कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँ रुपैयाँ र जगेडा कोषमा ३ करोड ३४ लाख ६२ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ६ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ २ पैसा रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

62679dfe96883.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको