Like us!
Follow us!
Connect us!
Watch us!

इमर्जिङ्ग नेपालको साधारण सभा सम्पन्न, सञ्चालकमा विकास सिलवाल निर्वाचित

अर्थ संसार

विहीबार, २८ पुस २०७९, १७ : ४१ मा प्रकाशित

इमर्जिङ्ग नेपालको साधारण सभा सम्पन्न, सञ्चालकमा विकास सिलवाल निर्वाचित

इमर्जिङ्ग नेपाल लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौंमा बिहीबार सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक आर्थिक विवरण, कम्पनीको सहायक कम्पनी “होटल एलिस द वोण्डर इन लि.” को आ.व. २०७८/७९ को वित्तीय विवरणसहितको एकीकृत  (Consolidated) वित्तीय विवरण स्वीकृत गरेको छ । साथै, कम्पनीले आर्थिक वर्ष २०७९।८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक सर्वसहमतिले पारित गरेको छ ।

सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकमा विकास सिल्वाललाई निर्विरोध निर्वाचित समेत गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको