Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न सिद्धार्थ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, १० : ३३ मा प्रकाशित

लाभांश पारित गर्न सिद्धार्थ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको हिजो (चैत्र ८ गते मंगलबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको २० औं वार्षिक साधारण सभा चैत्र ३०  गते बुधबार नेपाल पर्यटन वोर्डको सभा कक्ष, भृकुटीमण्डप काठमाडौंमा विहान १०:३० बजेबाट सुरू हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, सञ्चालक समितिको रिक्त स्वतन्त्र (विज्ञ)  पदमा भएको सञ्चालकको नियुक्ति अनुमोदन गरिने, लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिने छ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत्र १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १६ गते (बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकार छ :

623aa7868a908.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको