Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको २० प्रतिशत बाेनस समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, १६ : ४९ मा प्रकाशित

नेपाल टेलिकमको २० प्रतिशत बाेनस समायाेजन, प्रतिकित्ता मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सेयरमूल्य समायोजन भएको छ । 

टेलिकमकाे २० प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता एक हजार २ सय २० रूपैयाँ ८३ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ४ सय ६५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

"सेयरधनीहरूलाई घाटा हुन्छ भनेर नै एनटीसीको बोनसकाे विरोध गरेका हौँ"

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १४ औँ  वार्षिक साधारण सभा चैत्र २४ गते बिहिबार त्रिभुवन आर्मि अफिसर्स क्लब काठमांडौमा बिहान ११ बजे सुरु हुनेछ । उक्त सभाले कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ । 

623c519a8b953.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको