Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले दिगोपन प्रबर्धन गर्न बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, १० : २८ मा प्रकाशित

नबिल बैंकले दिगोपन प्रबर्धन गर्न बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान

विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन् गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा नबिल बैंकले काठमाडौंको बौद्ध स्तुपाका पुराना लुङ्गटालाई विस्थापन गर्दै वातावरण मैत्री लुङ्गटा  (Sustainable Prayer Flags) को शुरुवात गरी वातावरण सम्बन्धीको सचेतनामुलक तथा सन्देशमुलक कार्यक्रम सम्पन्न गरेको छ ।

 

नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरणमैत्री नहुने भएकाले यिनीहरुको सविस्थापन गरी वातावरण मैत्री सामान प्रयोग गर्ने कार्य गरिएको हो ।

हरित उद्यमको क्षेत्रमा काम गर्दै आएकी आङ डोल्मा शेर्पाले नबिल बैंकबाट ऋणको सहयोगमा शुरु गरेको वातावरण मैत्री लुङ्गटा उत्पादनलाई प्रोत्साहन समेत गर्ने र विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपालाई वातावरणमैत्री सामग्रीको प्रयोगबाट स्वच्छ बनाउने उदेश्यले यो कार्यको आरम्भ गरिएको हो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, विश्व वन्यजन्तु कोष नेपालका देशिय प्रतिनिधि डा घनश्याम गुरुङ, सामाजिक अभियन्ता तथा गायिका आनि छोइङ डोल्मा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा तथा वातावरणको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा सरोकारवालाको उपस्थितिमा गरिएको सो कार्यक्रममा सहभागिहरुले यो अभियानलाई व्यापक बनाउनु पर्नेमा जोड दिएका थिए ।

सो अवसरमा उपस्थित् अतिथिहरुले वातावरण मैत्री लुङ्गटामा हस्ताक्षर गर्दै नेपालमै उत्पादन भएको वातावरण मैत्री सामान प्रयोग गर्ने यो अभियानप्रति ऐक्यबद्धता जनाएका थिए ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणको क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको छ। विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपामा दीगोपना भएका सामग्रीको प्रयोगलाई प्रबद्र्धन गर्न शुरु गरिएको यो अभियानलाई बैंकले आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको