Like us!
Follow us!
Connect us!
Watch us!

‘१०० जनाले बदमाशी गरे भन्दैमा राज्यले ४५ लाख लगानीकर्तालाई डुबाउने नीति लिन भएन’

अर्थ संसार टक

आइतबार, १३ चैत्र २०७८, १५ : ३६ मा प्रकाशित

देशमा उज्ज्यालोको लोडसेडिङ नभएता पनि अर्थतन्त्रमा लोडसेडिङ रहिरहेको बताउँछन् ऊर्जा उद्यमी तथा नेपाल उद्योग परिसंघ, ऊर्जा विकास परिषद अध्यक्ष ज्ञानेन्द्र लाल प्रधान । राष्ट्रले ऊर्जा निर्यात सम्भावना प्रचुर रहेता पनि सरकारले अध्ययन मात्र गरिरह्यो तर यसलाई कार्यान्वयन नगरेको उनी बताउँछन्। अहिले संसारभर ऊर्जा संकट आई रहेको बेला ऊर्जा निर्यात गर्न सकेको भए सरकारले राम्रो अर्थोपार्जन गर्न सक्ने उनी बताउँछन् । नेपाल विद्युत प्राधिकरणले सट टर्म, मिडियम टर्म र लन्ग टर्म कार्ययोजना तयार पारेमा मात्र दिर्घकालिन समयमा लोडसेडिङ अन्त्य हुने उनी बताउँछन् ।

सरकारले विद्युत उत्पादन लाई प्राथमिकतामा राख्नुपर्ने र विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने साथै सरकारले ग्यासको प्रयाेगमा प्रति सिलिन्डर करिब छसय रुपियाँ अनुदान दिने गरेको छ । सरकारले आयातित ऊर्जामा अनुदान हटाउनुपर्ने र उक्त अनुदानलाई विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्न अनुदान दिनुपर्ने उनी बताउँछन् ।

सरकार कुटनीतिक क्षमताको अभाव र व्यवस्थापनको अभाव रहेको हुँदा सरकारलाई विद्युत आयात घाटा भोगी रहनुपरेको छ र सरकार भारत प्रेमी भएकाले अर्थतन्त्रमा ह्रास आएको उनी बताउछन र सरकारले विद्युत कम मूल्यमा निर्यात गरिरहेको छ भने आयात गर्दा उच्च मूल्यमा आयात गरिरहेको छ। सरकार आफै स्वतन्त्र र आत्मनिर्भर नभएसम्म अर्थतन्त्र विकास नहुने र दुवै भारत र चीन असल छिमेकी नभएको उनी बताउँछन् । 

नेपाललाई एकलाख बीस हजार गिगावाट आवर इनर्जी आवश्यकता रहन्छ । हामी राष्ट्रभित्र ४० हजार गिगावाट आवर इनर्जी राष्ट्रभित्र खपत गर्न सकिने उनी बताउछन तर गत वर्ष मात्र ८ हजार गिगावाट आवर खपत भएको थियो र हामीले आजै ऊर्जाको प्रयोगलाई विकेन्द्रित गरी अन्य क्षेत्रमा हुने विद्युत खपत बढाउनुपर्ने साथै अब गरिने विकासमा आयातित ऊर्जाको प्रयोगको सट्टा विद्युतको उपयोग गर्नुपर्ने उनी सुझाव दिन्छन् र विद्युत खपत देशमा नै बढाउनुपर्ने र निजी क्षेत्र राज्यको औंला भएको हुँदा यसलाई प्राथमिकता दिनुपर्ने निजीक्षेत्रलाई विकासमा सँगै लैजानुपर्ने उनी बताउँछन् । 

सरकारले स्वदेशमा नै विद्युतीय उपकरणको उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने र सरकारले प्रोत्साहन गर्ने नीति तयार गर्नुपर्ने उनको माग छ। हाल सरकारले ग्यासको प्रयोगमा दिने अनुदानलाई बन्द गर्नुपर्ने र विद्युतीय उपकरण प्रयोग गरी खाना बनाउँदा ३३ प्रतिशत कम मूल्यमा खाना तयार हुने उनी बताउछन र राज्यले निजी क्षेत्रलाई उद्यम प्रवर्द्धनको लागि नीति प्रोत्साहन गर्नुपर्ने र उत्पादित वस्तुलाई स्वदेशमै खपत हुनलाई प्रयोगमा अनुदान दिनुपर्ने बताउछन साथै विद्युत् आपूर्ति लाई निरन्तरता दिनुपर्ने बताउँछन्।

सेयरबजारमा दिगो लगानी गरेमा घाटा नहुने साथै बजारमा विश्लेषण गर्ने विश्लेषकले आफूले बेचेको सेयर अरूलाई किन भन्ने ठूला लगानीकर्ताको चरित्र रहेको र अहिले सेयरबजार माथि नजाने उनी बताउँछन् । बजारमा इन्भेस्टर भन्दा ट्रेडर हावी रहेका अवस्था छ । ट्रेडर ले हरेक अवस्थामा कमाउने र केही समयपछि बाजार राम्रो अवस्थामा आउने जून बेला आफ्नो पैसा लगानी गरेमा दिर्घकालिन रुपमा फाइदा हुने उनको भनाइ छ । लगानी योजना बनाउँदा बजारको चाललाई बुझेर लगानी गर्नुपर्ने बताउँछन् ।

सरकारले अर्थतन्त्रको दीर्घकालीन योजना बनाएर नीति तयार नपरेमा सरकार श्रीलंकाको अवस्थामा पुग्ने र राष्ट्रको विदेशी मुद्रा स्फूर्ति कम हुने हुँदा अर्थतन्त्र थप संकटमा जाने बताउछन। सरकारले अनावश्यक क्षेत्रमा मात्र लगानी गर्ने गरेको हुँदा यसलाई समयमा नै विचार गर्नुपर्ने उनी बताउँछन् र सरकारले वैदेशिक भ्रमणमा जाँदा सानातिना कुरामा भन्दापनि ठोस आवश्यक मुद्दा लिएर जानुपर्ने बताउँछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको