Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल समृद्धि फण्ड-१ का ईकाइधनीहरुलाई रकम फिर्ता गर्न सुरु, प्रति इकाई खुद सम्पत्ति कति ?

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, ०७ : २९ मा प्रकाशित

एनआईबिएल समृद्धि फण्ड-१ का ईकाइधनीहरुलाई रकम फिर्ता गर्न सुरु, प्रति इकाई खुद सम्पत्ति कति ?

नेपाल इन्भेष्टमेन्ट बैङ्कको कोष प्रवद्र्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड १ परिपक्व भई योजनाको ईकाइधनीहरुलाई रकम फिर्ता गर्न सुरु गरिएको छ ।

यो योजना पुस २२ गते परिपक्व भई प्रचलित सामुहिक लगानी कोष नियमावली, २०६७ को नियम ३२ को उपनियम (३) को व्यवस्था बमोजिम तथा नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम खारेजीमा लगिएको र सो योजनाका हाल कायम इकाईधनीहरुले प्राप्त गर्ने फिर्ता भुक्तानी रकम प्रचलित कानुन बमोजिम कर कट्टा गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गरिएको शेयरधनीहरुको हकमा बैंक खातामा चैत्र १३ गतेदेखि जम्मा गरिएको क्यापिटलले जनाएको छ ।

अन्तिम कायम प्रति इकाई खुद सम्पत्ति मूल्य १२.७४ रुपैयाँ मा प्रचलित कानून बमोजिम कर कट्टी गरी प्राप्त हुने रकम सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खातामा जम्मा गरिने छ । हालसम्म पनि आफ्नो डिम्याट खातामा बैंक खाता नं. अद्यावधिक नगराएका इकाईधनीले आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्य कहाँ सम्पर्क राखि डिम्याट खातामा बैंक खाता समेत अद्यावधिक गराउन क्यापिटलले अनुरोध समेत गरेको छ । 

साथै भौतिक रुपमा इकाईको प्रमाणपत्र भएका तथा केही कारणबस नामसारी गर्नु पर्ने ईकाइधनीहरुको हकमा रकम फिर्ता लिन एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गरी उक्त योजनाको सक्कल प्रमाणपत्र, इकाईधनी स्वयंको खाता रहेको बैंकको नाम, बैंक खाता नम्बर उल्लेख सहितको निवेदन र आवश्यक कागजात प्राप्त भए पश्चात् उल्लेख गरेको बैंक खातामा रकमान्तर हुनेछ । आफ्नो इकाई धितो राखेका इकाईधनीहरुले अनिवार्य रुपमा त्यस्तो इकाईको धितो फुकुवा गरी धितो फुकुवा सम्बन्धी कागजात पेश गर्नुपर्नेछ ।

क्यापिटलले प्रकाशन गरेको सूचनाः

62411374ba953.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको