Like us!
Follow us!
Connect us!
Watch us!

अब चोभार सुक्खा बन्दरगाहमा एलसी जारी गर्न सकिने

अर्थ संसार

मंगलबार, १५ चैत्र २०७८, १६ : ३८ मा प्रकाशित

अब चोभार सुक्खा बन्दरगाहमा एलसी जारी गर्न सकिने

चोभार सुक्खा बन्दरगाहमा सामान आयात गर्ने गरी एलसी जारी गर्न सकिने भएकाे छ ।

मंगलबार नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०७८ मा देहायबमोजिम संशोधन/थप गर्दै चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका रहने गरी सामान आयातको लागि एलसी खोल्न सकिने व्यवस्था गरिएकाे जानकारी दिएकाे छ । 

सूचनामा भनिएकाे छ, "अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्थाबमोजिम चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी समेत जारी गर्न सकिनेछ । साथै, मेची, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भैसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार विन्दु परिवर्तन गर्न सकिनेछ ।"

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

6242e72f63579.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको