अर्थमन्त्री जनार्दन शर्माले बाह्य कारण अर्थतन्त्रमा असर परेको तर अर्थबिद्हरुले व्यक्तिगत रुपमा आफूनो बारेमा नकारात्मक टिप्पणी गरेको बताए ।
नेपाल आर्थिक संघ, बैंक तथा बित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममाा बोल्दै उनले भने ‘केही बिद्धानसाथीहरुले गरेको टिप्पणी सुनेको छु । कुन विश्वविद्यालयबाट ज्ञान हाँसिल गर्नुभएको हो, थाहा छैन । त्यो विश्वविद्यालयको नै बेइज्जत हुने देख्छु’ उनले भने ।
२५ भदौमा सार्वजनिक प्रतिस्थापन विद्येयकमार्फत चालू आबको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने लक्ष्य लिएको र स्थिति सामान्य भएको भए लक्ष्य भन्दा बढी आर्थिक वृद्धिदर हाँसिल हुने स्थिति रहेको उनले दाबी गरे । ‘तर, बजेट घोषणा लगत्तै केही समयपछि कात्तिक पहिलो साता बेमौसमे बर्षात्ले धान बालीमा ठूलो क्षति भयो । अहिले युक्रेन–रुस युद्धले विश्व अर्थतन्त्रसँगै नेपाालको आयातुमखी अर्थतन्त्रलाई पनि असर गरेको छ’ उनले भने, ‘यसरी बाह्य कारणले ठूलो असर गर्दा हामीले सोचेजस्तो आर्थिक अवस्थामा देशको अर्थतन्त्रलाई राख्न नसकिएको बिषय सबैले बुझ्नुपर्छ ।’
उनले सरकारले नियमन गर्न सक्ने ठाउँसम्म पुगेर अर्थतन्त्रलाई सम्हालिरहेको पनि जानकारी दिए । साथै, ६.७ महिनासम्मको बस्तु तथा सेवा आयात गर्न धान्ने बिदेशी मुद्रा संचित रहेकाले अहिले नै आत्तिनुपर्ने अवस्थामा नरहेको बताए ।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बाह्य तत्वको असरका कारण अर्थतन्त्र दबाब परेको बताए । उनले देश भित्रै उत्पादन र रोजगारी वृद्धि गर्नुपर्ने बताए । ‘केही बस्तुको आयातमा प्रतिबन्ध गर्न र आयातमा थप कडाई गर्न विभिन्न क्षेत्रबाट सुझाव आएपनि अर्थतन्त्रलाइ सकेसम्म खुल्ला छाड्नुपर्छ, नियन्त्रणा गर्नु हुँदैन भन्ने सरकारको नीति छ’ उनले भने ।
कार्यक्रममा आर्थिक संघका अध्यक्ष तथा बरिष्ठ अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले दुई अंकको आर्थिक वृद्धिदरसमेत संभव भएको भन्दै अर्थतन्त्रलाई बिस्तार गर्न सुझाव दिएका थिए । उनले क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायतकाट पुँजी पलायन भइरहेको भन्दै नियमनका लागि शशक्त कदम चाल्नुपर्ने बताएका थिए ।
कार्यक्रममा अर्थशास्त्रीहरु प्रा. डा. गोबिन्द नेपाल, डा. पोषराज पाण्डे, केशव आचार्य र व्यवसायी पवन गोल्यानले विभिन्न सुझाव पेश गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस