Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको हकप्रद बाँडफाँड, आइतबारबाट रकम फिर्ता गरिने

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, ०७ : ३९ मा प्रकाशित

समृद्धि फाइनान्सको हकप्रद बाँडफाँड, आइतबारबाट रकम फिर्ता गरिने

समृद्धि फाइनान्स लिमिडेडले निष्काशन गरेको हकप्रदको बाँडफाँड कार्य सम्पन्न भएको छ । उक्त हकप्रदको बाँडफाँड चैत्र १६ गते बुधबार सम्पन्न गरिएको बिक्रि प्रबन्धक बि.ओ.के क्यापिटल मार्केटले जनाएको छ । 

क्यापिटलका अनुसार हकप्रदमा आवेदन दिने शेयरधनीलाई १७ लाख ८९ हजार २ सय ३९ कित्ता शेयर बाँडफाँड गरिएको छ । यस संगै हकप्रदमा अवितरित ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयर लिलाममा आउने छ । 

फाइनान्सले २ः१ को अनुपातमा अर्थात् हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

साथै, आफ्नो हक भन्दा बढी हकप्रद शेयरको निमित्त आवेदन गरी बाँडफाँटमा नपरेका सेयरधनीहरुको सेयर वापतको रकम फिर्ता भुक्तानी मिति चैत्र २० गते आईतबारदेखि आवेदकले आफ्नो आवेदन फाराममा उल्लेख गरेको बैंक/वित्तीय संस्थाको खातामा IPS मार्फत सिधै रकमान्तर गरिने छ । आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड नक्साल, काठमाडौंमा सर्पक राख्न समेत कम्पनीले अनुराेध गरेकाे छ ।

फाइनान्सको सूचनाः

62450aace01f7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको