Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जा क्षेत्रमा लगानी बढाउन भारतीय लगानीकर्ता इच्छुक, लगानी गर्न प्रधानमन्त्रीको आग्रह

अर्थ संसार

आइतबार, २० चैत्र २०७८, ०६ : ५८ मा प्रकाशित

ऊर्जा क्षेत्रमा लगानी बढाउन भारतीय लगानीकर्ता इच्छुक, लगानी गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी गर्ने भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् ।

तीनदिने भारत समणको क्रममा शनिबार भारतको कन्फिडरेसन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआर्ई) से आयोजना गरेको कार्यक्रममा उनले सो आग्रह बताएका हुन् ।

कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्यबिना समृद्ध नहुने बताउँदै प्रधानमन्त्री देउवाले त्यसका लागि आफूले बाताबरण बनाउने बताए। उनले सरकारले सबै आवश्यक नीतिगत सहायता प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । भमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सम्झौताले विद्युत् आदानप्रदान र रेल सेवा सञ्चालनमा सहयोग पुग्ने उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष रोखर गोल्छाले जलबिद्युत, पर्यटन उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए ।

पछिल्ला वर्षहरूमा भारतीय लगानी घटिरहेको बताउँदै उनले यसलाई बढाउन निजी क्षेत्रको के कस्तो सहयोग चाहिन्छ, त्यसका लागि आफूहरु तयार रहेको बताए । सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्षसमेत स्थापना भएको उनले जानकारी गराए ।

अध्यक्ष गोल्छाले नेपालले पनि भारतमा निर्यात बढाउन सोजिरहेको बताए ।

कार्यक्रममा सीआईआईका अध्यक्ष टोनी नरेन्दनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताए।

सीआईआईको ऊर्जा संयन्त्र नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनले बताए । कृषिजन्य बस्तुको निर्यातमा गुणस्तरीय मापन गर्न पनि भारतले सहयोग गर्न सक्ने उनले बताए ।

कार्यक्रममा करिब ३० वटा भारतीय बहुराष्ट्रिय कम्पनीको सहभागिता रहेको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ। करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको सम्भावनाबारे आफ्नो कुरा राखेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको