बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा प्रवाह स्थिर रहेकाे छ । बैंकहरूकाे निक्षेप संकलन घटेपछि त्यसकाे प्रभाव सिडी रेसियाेमा परेकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चैत्र १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । चैत्र १८ गते बैंकहरूकाे निक्षेप ४९ खर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप २ अर्बले घटेकाे हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि एक अर्बले घटेर ४३ खर्ब २९ अर्बमा झरेकाे छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने ४७ खर्ब एक अर्बमा स्थिर रहेकाे छ ।
बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.८२ प्रतिशतबाट बढेर ९०.८४ प्रतिशत पुगेकाे राष्ट्र बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस