Like us!
Follow us!
Connect us!
Watch us!

क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा

अर्थ संसार

सोमबार, २१ चैत्र २०७८, २० : २६ मा प्रकाशित

क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा

कामना सेवा विकास बैंकले क्रेडिट कार्ड जारी गरेको छ । विकास बैंकहरुतर्फ क्रेडिट कार्ड जारी गर्ने कामना सेवा नै पहिलो बनेको छ ।

बैंकका अध्यक्ष सुदीप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बैंकका सीईओ प्रविण बस्नेत लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिति थियो ।

विकास बैंकहरुको माझ नयाँ खालको प्रोडक्टहरु ल्याई ग्राहकहरुको चाहना र आवश्यकताहरु पुरा गर्दै अगाडि बढेको हुँदा नै कामना सेवा उत्कृष्ट मध्य एक विकास बैंक बनेको बैंकका अध्यक्ष आचार्यले बताए ।

पोइन्ट अफ सेल (पीओएस मेसिन) मार्फत क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्वीकार्ने एटिएमबाट नगद झिक्न सकिन्छ । 

भुक्तानी गर्दा न्यूनतम् नेपाली रूपैयाँ एक हजार अथवा जम्मा डेबिट रकमको १० प्रतिशत सम्म झिक्न सकिने, कार्डबाट बस्तु वा सेवा खरिद कारोबार गर्दा न्यूनतम् १५ देखि ४५ दिन सम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सीमा नेपाली रूपैयाँ १५,००० देखि ५,००,००० सम्म पाउने र नेपाल लगायत भारतमा समेत सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु बैंकको क्रेडिट कार्डमा उपलब्ध छ ।

624b04c43f1c2.jpg 624b04c473e66.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको