Like us!
Follow us!
Connect us!
Watch us!

२ अर्बले घट्यो निक्षेप, सिडी रेसियो कति ?

अर्थ संसार

बुधबार, २३ चैत्र २०७८, १२ : ०४ मा प्रकाशित

२ अर्बले घट्यो निक्षेप, सिडी रेसियो कति ?

बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा प्रवाह स्थिर रहेकाे छ । बैंकहरूकाे निक्षेप संकलन घटेपछि त्यसकाे प्रभाव सिडी रेसियाेमा परेकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चैत्र २१ गते, साेमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेको छ । चैत्र २० गते बैंकहरूकाे निक्षेप ४९ खर्ब १२ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप २ अर्बले घटेकाे हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि २ अर्बले नै घटेर ४३ खर्ब ४० अर्बमा झरेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने ४७ खर्बमा स्थिर रहेकाे छ । 

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.५९ प्रतिशतबाट बढेर ९०.६५ प्रतिशत पुगेकाे राष्ट्र बैंकले जनाएको छ । 

624d31993229c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको