Like us!
Follow us!
Connect us!
Watch us!

‘हाम्रो अर्थतन्त्रको समस्या श्रीलंकाजस्तो संकट होईन, सहुलियत कर्जापनि घरजग्गा र सेयरमा गयो’

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, ०६ : ३२ मा प्रकाशित

‘हाम्रो अर्थतन्त्रको समस्या श्रीलंकाजस्तो संकट होईन, सहुलियत कर्जापनि घरजग्गा र सेयरमा गयो’

राष्ट्रिय योजनाआयोगकापूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले अर्थतन्त्रमा देखिएको समस्या समाधानगर्न सकिने भन्दै यसको लागि सबै निकायले समन्वयात्मक भूमिका खेल्नुपर्ने आवश्यकत्ता औंल्याए । 

उनले अहिले अर्थतन्त्र संकुचनमाजानुको आन्तरिक र बाहृय दुवै कारण रहेको सुनाए । उनले भने,‘पहिलो समस्या समाधान गर्नुपर्ने भनेको शोधान्तरण घाटा घटाएर बचततर्फ लैजानुपर्छ । अनावश्यक वस्तुको आयात घटाउनुपर्छ । राष्ट्र बैंकले आवश्यककदमचालेको छ,अब अर्थ मन्त्रालय र उद्योग मनलयले पनि कदम चाल्नुपर्छ । विभिन्न वस्तुको आयात घटाउनुपर्छ।’

रेमिटयन्सको अवैद्य कारोबार हटाउनुपर्ने र औपचारिक च्यालनबाट मात्रै रेमिट्यान्स ल्याउनप्रोत्साहनगर्नुपर्ने उनको भनाई छ । उनले अहिले पेट्रोलियमपदार्थको उपयोग कमगर्नुपर्ने पनिधारणा राखे । 
उनले भने,‘ग्याँसको चुलोलाई विस्थापनगर्नुपर्छ । विद्युतीयचुलोमालगानीबढाउनुपर्छ । निमुखालाई निःशुल्क र  सहुलियत दरमाविद्युतीयचुलो उपलब्धगराउनुपर्छ । हाम्रो बजारलाई लगानीमैत्री र प्रोडक्सन फ्रेण्डली बनाउनुपर्छ । समन्यवात्मक रुपले गम्भीर भएर लाग्ने र दीर्घकालिनरुपमा असर पर्नेगरि कदम चाल्नुपर्छ ।’

उनले नेपालको आर्थिक अवस्था पनि श्रीलंका जस्तो अवस्था हुन थाल्यो भन्ने कुरा पनि चर्चामा रहेको सुनाए । उनले भने,‘अहिले नेपालको अर्थतन्त्रमा समस्या देखिएको छ । हाम्रो अर्थतन्त्रको अहिलेको अवस्थाबाट सुधार गर्नुपर्छ । तरलताको अभाव नै पहिलो समस्या हो । व्यापार घाटा पनि देखियो । वैदेशिक सहायता कमि भयो । मूल्यवृद्धि भयो । यस्तो अवस्थामा हाम्रो अर्थतन्त्र कता जान्छ भनेर चिन्ता र चासो जन्मिनु स्वभाविक हो ।’

अहिले अर्थतन्त्रमा समस्या आउनुको बाहृय कारण भनेको भिडको महामारी नै भएको सुनाए । उनले भने,‘यो हाम्रो बसमा थिएन । पछिल्लो चरणमा रुस र युक्रेनबीच भएको युद्ध अर्को बाहृय कारण हो । अब हाम्रो आन्तरिक कारणको कुरा गर्दा सबभन्दा ठूलो कारण, हाम्रो पोलिसीको खराबी हो । एउटाले गर्नुपर्नै काम अर्कोले गर्ने परिपाटी देखियो । आफूले गर्नुपर्ने काम अर्कोले गरेको छ, कोभिडको महामारीबाट अर्थतन्त्र ठप्प भयो । छिमेकीले कस्तो नीति अपनाए ?त्यो पनि हामीले हेरेनौं, कोभिडले हाम्रो अर्थतन्त्रमा कस्तो असर सिर्जना भयो ?यसमा समाधान कसरी गर्ने भन्ने पनि हेरिएन । कोभिडको कालामा तीन खर्ब २२ अर्बजसतो नोक्सानी हुन गयो । कोभिड पछिको सहुलियत कर्जापनि घरजग्गा र सेयरमा गएको देखिन्छ ।’

उनले नेपालको अर्थतन्त्रको समस्या श्रीलंका जस्तो संकट नभएको जिकिर गरे । उनले भने,‘अहिलेको समस्या छ,नीति निर्माताहरु, राजनीतिक दलका नेताहरुले निर्वाचन आएको छ, निर्वाचनको जोडघटाउमा लाग्ने हो भने भोलि के हुन्छ ? भनेर भन्न सकिँदैन् । कतिपय निकायमा जानकारीको कमी देखिन्छ । पहिले यो समस्या ठूलो होईन भनेर बसेको देखियो, कुनै निकाय चाहीँ चिन्तित देखिएन । उद्योग मन्त्रालयमा मन्त्री पनि हुनुहुुन्न । त्यहाँबाट हुनुपर्ने हस्तक्षेप देखिएन। प्रत्यक्ष संलग्न निकाय तात्नुपर्छ ।’

उनले शोधान्तरण घाटा र मूल्यवृद्धिको समस्या अरु समयको जस्तो समस्या नभएको उल्लेख गरे । उनले भने,‘शोधान्तरण घाटा अरु समस्या भन्दा गम्भीर समस्या हो । शोधान्तरण घाटाको समस्या तत्काल समाधान गर्नुपर्छ । ७ महिनाकै अविधिमा २ खर्ब ४७ अर्ब शोधान्तरण घाटा देखिएको छ । यसमा गम्भीर भएर सोच्नुपर्छ ।’ 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको