Like us!
Follow us!
Connect us!
Watch us!

७१ निर्वाचन अधिकृत हटाएर नयाँ नियुक्ति

पत्रपत्रिका

शुक्रबार, २५ चैत्र २०७८, ०७ : ३२ मा प्रकाशित

७१ निर्वाचन अधिकृत हटाएर नयाँ नियुक्ति

निर्वाचन आयोगले ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ नियुक्त गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७१ जना निर्वाचन अधिकृतले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उनिहरुलाई हटाएर नयाँ अधिकृतलाई नियुक्त गरिएको जानकारी दिए।

‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगको निर्णय बमोजिम यसअघि तोकिएका निर्वाचन अधिकृतमध्ये चैत २३ गते निर्णयअनुसार ७१ जना निर्वाचन अधिकृतलाई विभिन्न कारणले जिम्मेवारी बहन गर्न नसक्ने भएको हुनाले हटाएर ७१ जनालाई नयाँ नियुक्त गरिएको हो,’ उनले भने, ‘नयाँ ७१ जनालाई यसअघि आएका नामबाट छनोट गरिएको हो।’

उनका अनुसार अब सबै तहमा निर्वाचन अधिकृत पदपूर्ति भएको हो। यसैगरी, निर्वाचन आचारसंहितामा सबै राजनीतिक दलले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको पनि उनले जानकारी दिए।

नेकपा (एमाले) ले केहीँ विषयमा अस्पष्टता जनाउँदै पत्र बुझाएको जानकारी दिनुहुँदै सहायक प्रवक्ता अर्यालले भन्नुभयो, ‘एमालेले आचारसंहितामा केहीँ स्पष्ट हुने विषय छ भन्ने कुरा लिखित रुपमा आयोगमा पेश गरेको छ। यस विषयमा स्पष्ट भइसकेपछि उहाँहरुले हस्ताक्षर गर्नुहुनेछ।’ गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको