Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाकाे ब्राण्ड एम्बेसडरमा रवि लामिछाने, आईएसओ ९००१ : २०१५ प्रमाणिकरण गर्ने नेपालको पहिलो विकास बैंक !

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १३ : ४० मा प्रकाशित

कामना सेवाकाे ब्राण्ड एम्बेसडरमा रवि लामिछाने, आईएसओ ९००१ : २०१५ प्रमाणिकरण गर्ने नेपालको पहिलो विकास बैंक !

कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा नेपाली मिडिया जगतका चर्चित तथा लोकप्रियपत्रकार रवि लामिछानेलाई नियुक्त गरेको छ । सोमबार अलोफ्ट होटलमा आयोजित एक समारोहमा  रवि लामिछाने र बैंकका प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न गरी औपचारिक रुपमा एम्बास्डर नियुक्त गरेको घोषणा गरिएको होे । 

बैंकका ब्राण्ड एम्बास्डर  रवि लामिछानेले बैंकको पारिश्रमिक वापत पउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योती पुर्याउने महान कार्यको लागि छुट्टउने घोषणा गरेका छन् । 
यसैगरी बैंकले नेपालको गीत संगीत क्षेत्रका प्रख्यात पप गायक  सुगम पोखरेलसँग आधिकारिक भ्वाइस पार्टनरको रुपमा यस अगाडि गरेको सम्झौता समेत नवीकरण गरेको छ । सम्झौता पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका प्रचार–प्रसार लगायतका विभिन्न क्रियाकलापहरुमा सहभागी भई बैंकको पहिचान तथा साख वृद्धिमा दुवै व्यक्तित्वहरुले महत्वपूर्ण भूमिक ानिर्वाह गर्ने कुरामाआफू विश्वस्त रहेको बताए । 

यसै गरी यु आर एस (URS) नेपालका तर्फबाट कन्ट्री डाइरेक्टर प्रकाश पौडेलद्वारा कामना सेवा विकास बैंकलाई आई एस ओ ९००१ः२०१५ प्रमाणिकरणको प्रमाणपत्र गरेका थिए ।  बैंक नेपालकै आई एस ओ ९००१ः२०१५ प्रामाणित प्रथम विकास बैंक बन्न सफल भएको छ । यसले कामना सेवा विकास बैंकको गुणस्तर,व्यवस्थापन प्रणालीको सुरक्षा,दक्षता, योजना कार्यान्वयन,अपरेशन र संगठनको सुधार सम्बन्धी आवश्यकताहरु निर्दिष्ट गर्दछ ।

साथै बैंकले “हामी सक्षम छौँ”भन्ने उद्घोसकासाथ बि.सं. २०७९ का लागि आफ्नो आधिकारिक क्यालेन्डर पनि सार्वजनिक गरेको छ । बैंककाअध्यक्ष  सुदिप आचार्य तथा बैंकका अन्य सञ्चालकहरुले संयुक्त रुपमा उक्त क्यालेण्डर सार्वजनिक गरेका थिए । 

बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त कार्यक्रमको अध्यक्षता गरेका थिए । मिडिया क्षेत्रका चर्चित व्यक्तित्व रवि लामिछानेलाई बैंकको ब्रान्ड एम्बेसडरमानि युत्त mगर्न पाउँदा गर्व महसुस गरेको तथा यसले बैंकको व्यावसाय तथा साख वृद्धिमा कोषेढुंगा सावित हुने विश्वास समेत आचार्यले  व्यक्त गरे । 

62541eaf9f6e2.jpeg 62541eb1f0e25.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको