Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी पानी खानेहरुले सरकारले तलव र वृद्धभत्ता खुवाउँन सक्दैन भने : अर्थमन्त्री शर्मा

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १७ : ३१ मा प्रकाशित

विदेशी पानी खानेहरुले सरकारले तलव र वृद्धभत्ता खुवाउँन सक्दैन भने : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले केही विदेशी पनि खाएकाहरुले सरकारले तलव र भत्ता समेत दिन नसक्ने अफवाह फैलाएको दावी गरेका छन्।

"अर्थतन्त्र संकटमा छैन, प्रचारबाजी र राजनीतिकरण नगरौं"

अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले भने, "उहाँहरूले के आधारमा यस्तो दाबी गरिरहनु भएको हामीलाई थाहा छैन उहाँहरूले अफवाह फैलाए जस्तो देश संकटमा पनि छैन केही व्यक्तिहरू देशलाई श्रीलंका जस्तो बनाउन चाहँन्छन त्यस्ता व्यक्ति त देशद्रोही हुन् । वास्तवमा देश त्यती खराब अवस्थामा पनि छैन समस्याहरू छन् ती समस्या समाधान गर्न हामी लागि परेका छौँ ।"

दुबईमा अहिले धेरै नेपालीका भिल्ला छन् रे : अर्थमन्त्री शर्मा

उनले थपे, "अहिले हल्ला फैलाए जस्तो पृथ्वी बहादुर शाह सँग मेरो कुनै सम्बन्ध छैन,उनलाई त पहिलो पटक मन्त्रालय मै भेटेको हुँ एक मन्त्रीका रूपमा उनका समस्या समाधानका लागि सम्बन्धित निकायमा कानुन सम्वत् गर्न आग्रह मात्र गरेको हुँ ।"

मन्त्री शर्माले देशको अर्थतन्त्रका विषयमा कुप्रचार गरिएको आरोप समेत लगाएका छन् । उनले अर्थतन्त्रका सूचना कमजोर भएपनि धरासायी नै नबनेको प्रस्ट पारे । ‘बाहिर अर्थतन्त्र डुबिसक्यो, धरासयी बन्यो, टाट पल्टिसक्यो भनेर कुप्रचार गरिरहेको देखिएको छ । त्यस्तो कुप्रचार गर्नु आवश्यक छैन्,’ मन्त्री शर्माले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको