Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा फेरि एक बैंककाे बाेनस सूचिकृत

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, १६ : ४२ मा प्रकाशित

नेप्सेमा फेरि एक बैंककाे बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) फेरि एक बैंककाे बाेनस सेयर सूचिकृत भएको छ । यसअघि पनि आजै नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचिकृत भएको थियाे ।

स्टकका अनुसार महालक्ष्मी विकास बैंक लिमिटेडकाे २० प्रतिशत बोनस बापतको ६६ लाख ८४ हजार ८ सय ५ दशमलव ४५ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, कुनकाे कति ?

यसअघि नेप्सेमा सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बोनस बापतको ४ लाख ९६ हजार ८५ दशमलव ८५ कित्ता र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २७.७० प्रतिशत बाेनस बापतकाे ८ लाख ९९ हजार ९८ दशमलव १२७३ कित्ता सेयर सूचिकृत भएको थियाे ।

प्राविधिक विश्लेषक चौधरी भन्छन्-‘MFI २० को लेभलमा आइसक्यो, यो खरिद गर्ने सुवर्ण अवसर हो’ 

हिजो आक्रामक बिक्री गरेको ४३ नम्बर ब्रोकरले आज के गर्यो ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको