Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी रकम भुक्तानी

अर्थ संसार

शुक्रबार, ०२ बैशाख २०७९, १५ : १३ मा प्रकाशित

गुराँस लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी रकम भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी रकम भुक्तानी गरेको छ । इन्स्योरेन्सले नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालीका वडा नं. ०३ मा बसोबास गर्ने सुमन राना मगरको मृत्यु पश्चात बीमितका इच्छाएको व्यक्ति ईन्द्र बहादुर राना मगरलाई रकम भुक्तानी गरेको हो । 

इन्स्योरेन्सको नारायणगढ शाखाका शाखा प्रमुख ओमकार सिग्देल, कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरसहितको टिमले हिजो (बैंशाख १ गते बुधबार) नारायणगढ शाखामा एक कार्यक्रमकाबीच बीमा दावी रकम ५ लाख ९३ हजार ३ सय बीस रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । 

सुमन राना मगरको केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो । उनले दुई बर्ष अगाडी सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत ५ लाख को सावधीक जीवन बीमा गरेका थिए । 

शाखा प्रमुख सिग्देलले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रामा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागी महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको