Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी, निफ्रापछिको दोस्रो ठुुलो कम्पनी बन्ने सम्भावना छ ?

अर्थ संसार

आइतबार, ०४ बैशाख २०७९, ०६ : ०१ मा प्रकाशित

हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी, निफ्रापछिको दोस्रो ठुुलो कम्पनी बन्ने सम्भावना छ ?

हाइड्रोइलेक्ट्रिकसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी आगामि दिनहरुमा सबैभन्दा ठुुलो बन्ने संम्भवना बोकेको एक कम्पनी हो । लगानीको क्षेत्रमा निकै चर्चा पाएको कम्पनीले  सेयर बजार क्षेत्रकै ठुुलो कम्पनी बन्नसक्ने लक्ष्य राखेको छ लगानीको क्षेत्रलाई पनि फराकिलो बनाउँदै लगेको छ ।
बजारमा हल्ला पनि चल्नेगर्छकि भोलिकोदिनमा पुुँजी बजारका क्षेत्रमा नेपाल इन्फाष्ट्रचर(निफ्रा) र यस कम्पनी नै सबैभन्दा ठुुलो लगानीगत कम्पनी रहन सक्ने बताइरहेका छन् । हाल कम्पनीको चुुक्तापुुँजी २३ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । कम्पनीको भेस भ्यालुु एक सय रुपैयाँ रहेको छ । हाल कम्पनीको सेयर २ ६०रुपैयाँ रहेको छ । पछिल्लो समयले कम्पनीले लगानीगत क्षेत्रलाई तिब्रताका साथ अघि बढाएको छ । कोरोना भाइरस कारण लगानीगत क्षेत्र ठप्पहुुँदा पनि कम्पनीले लगानीको क्षेत्रलाई प्राथमिकता राखेको देखिन्छ ।पछिल्लो समय मात्रै कम्पनीले ताप्लेजुुङ्ख जिल्लामा मेवा डेभलपर्सले निर्माण गर्न लागेको मध्य मेवा खोला जलविद्युुत आयोजनामा एचआईडीसीएले २० प्रतिशत इक्विटी  लगानीका लागि कम्पनीले हस्ताक्षर गरेको छ । यसैगरी कम्पनीले आगामि दिन जलविद्युुतको क्षेत्रमा अझ दिर्घकालीन लगानीको मात्र बढाउँदै जाने लक्ष्य कम्पनीले राखेको छ ।

यस साता कम्पनीको सेयर मूल्यमा खासै उत्साह जनक देखिएको छैन । कम्पनीको सेयर मूल्य पछिल्लो एकहप्तादेखि नै तीन सयको रुपैयाँको रेखामा उत्तारचढाब आइरहेको छ। एक साताको अन्तरालमा यस कम्पनीका लगानीकर्ताले करिब ७ प्रतिशतले  सेयर हिस्सा गुुमाउन पुुगेका छन् ।
कम्पनीको त्रैमासमा लगानी क्षेत्र बढाउँदै गएपछि नाफा मूलक देखिँदा लगानीकर्ताहरु कम्पनीको सेयर मूल्यमा आकर्षण बढाउन थालेका छन् । त्यस्तै कम्पनीको सेयर पछिल्लो ५२ भन्दाको नजिको मूल्यलाई पार गरिसकेका छ कम्पनीको ५२ हप्ता अघि न्युुनतम कारोबार २ सय ४४ दशमलव १० प्रतिशत हो । 

कम्पनीको दोस्रो त्रैमासमा नाफालाई लिएर लगानीकर्ताहरु उत्सासित बनेका छन् ।कम्पनीले दोस्रो त्रैमासमा खुदा नाफा ४५ करोड ३६लाख रुपैयाँ रहेको छ । कम्पनीको कर अघिको नाफामा पनि बढाएको देखिन्छ । कम्पनीको अघिल्लो वर्ष कर अघिको संचित नाफाको तुुलनामा दुुई दशमलव १२ प्रतिशतले बढेको छ । त्यस्तै कम्पनीले अघिल्लो वर्षको तुलनामा इमपेरिमेन्ट चार्ज घटेको छ ।  कम्पनीको  रेसियो दर २८  दशमलव शून्य २ प्रतिशत रहेको छ ।
त्यस्तै कम्पनीले दोस्रो त्रैमासिकमा जलविद्युत परियोजनामा ऋण लगानी अन्तर्गत ७१ दशमलव ५२ प्रतिशत ऋण प्रवाहगरेको छ भने कम्पनीले ४० करोड रुपैयाँको  थप स्वपुँजी लगानी बढाइएको कम्पनीले जनाएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन मार्फत सर्वसाधारण सेयर  समूहबाट दुुई अर्ब २० करोड रुपैयाँको सेयरको पुुँजी संकलन गरेको छ। भने, कम्पनी सर्वसाधारण सेयरबाट उठाएको हकप्रद सेयरलाई लिलाम गरी सेयर प्रिमियम बापत रु ५० करोड ६० लाख रकम संकलन गरेको छ । त्यस्तै कम्पनीले समिक्षा अवधिको अन्त्यसम्ममा गतवर्षको  सोहि अवधिको तुुलनामा  कर अघिको मुुनाफामा २ दशमलव १३प्रतिशत वृद्धि भइ ६४ दशमलव ३४ प्रतिशत आर्जत गरेको  छ ।
कम्पनीको प्राविधिक पक्षः 
कम्पनीको प्राविधिक पक्षलाई विश्लेषण गर्ने हो भने कम्पनीको सेयर मूल्य १सय २० दिनकै रेन्जमा आइपुुगेको छ । १ सय २० दिन अघि कम्पनीको सेयर मूल्य प्रतिसेयर ३ सय १३ रुपैंयाँ ४४ रहेको थियो भने अहिले कम्पनीका सेयर मूूल्य दुुई सय ९१ दशमलव रहेको छ । त्यस्तै कम्पनीको ५२ हप्ता अघिको न्युनतम सेयर मूल्य २ सय ४४ रुपैंया रहेको थियो ।   कुनै बेला कम्पनीको सेयर मूल्य उच्चतम विन्दुुमा आइपुुग्दा ६सय ३ रुपैंया रहेको थियो । यसरी हेर्दा कम्पनीको सेयर मूल्य अहिले ३सय माथि जान सकेको छैन ।

समायोजित प्राविधिक चार्ट अनुसार कम्पनीको तत्कालको रेजिङ्ख ट्रेडिङ्खमा रहेको अनुुमान लगाउन सकिने ठाउँदेखिन्छ । यस्तो अवस्थामा कम्पनीको अपर रेन्जको अवरोध विन्दुु र बटम रेन्जको टेवा विन्दुुभित्र नै मूल्यमा उत्तारचढाव आउने गरेको छ । कम्पनीको २ सय ९० रुपैयाँको अपर रेन्ज र ३ सयको बटम रेन्जबीच अहिले अटबढ भइरहेको देखिन्छ । पुुसको अन्तिम साता कम्पनीको उच्चतम विन्दुु ३ सय ३९ रुपैयाँबाट निरन्तर विन्दुुबाट ओरालोनै लागेको चार्टमा देख्न सकिन्छ। पुुस मसान्तबाट भने कम्पनीको सेयर मूल्यमा निरन्तर ओरालो नै लागेको छ । 
कम्पनीको सेयरमा बैंकमा  आएको तरलताको संकटले पनि लगानीको क्षेत्रलाई बढाउन सकेको छैन । मुुख्यगरी मूल्य आएको परिवर्तन, बैंकछटटीले गरेको कडाई र सेयर कर्जामा मार्जिनका कारणले कम्पनीको सेयर मूल्यमा घट्दो क्रममा रहेको देखिन्छ । जसले गर्दा  कम्पनीको सेयर अहिले बेरियस मुमेन्टमा रहेको छ भन्न सकिने ठाउँदेखिन्छ ।

 कम्पनीको लाभांश अवस्था 
कम्पनीको हालसम्म जम्मा पाँच वर्षको अवधिमा ४० प्रतिशत लाभांश दिएको छ। कम्पनीले अघिल्लो आर्थिकको मुुनाफापछि ८ दशमलव ४२ प्रतिशत दिएको छ । त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा १२ प्रतिशत बोनस सेयर दिएको छ । यस वर्षक कम्पनीले सबैभन्दा धेरै बोनस सेयर दिएको थियो । त्यतिबेला कम्पनीले नाफा आर्जन गरेको थियो । किनभने कम्पनीले  त्यतिबेला राम्रो आम्दानी गरेको थियो । लगानीको क्षेत्रलाईपनि तिब्रता दिएको अवस्थामा कम्पनीले लगानीकर्तालाई बोनस सेयर राम्रो दिएको हो ।

कम्पनीको क्यान्डल स्टिक विश्लेषणः

कम्पनीको  पछिल्लो ६० दिनको ओभर भ्यालुु हेर्दा कम्पनीले साना थोप्ला आकारको  रातो क्यान्डल बनाएको छ । पछिल्लो सोमबार  कम्पनीको सेयर मूल्यमा आएको सामान्य वृद्धिले केही मैनबत्तीको सानो आकारको छाँया भएपनि  अघिल्लो फागुन महिनादेखि नै कम्पनीले रातो ठुुलोठुुलोमैन बत्तीको आकार भएका कारणले कम्पनीको सेयर मूल्यमा बेरियस तिर लम्बिर रहेको छकि भन्ने आकार देखा परेकोछ । रेखा सानो स्यान्डोवज रेखा बन्दा मैनबत्तीको रातो मैनबत्तीको आकार ठुुलो बन्न पुुगेको देखिन्छ । हेरिहेर्दा कम्पनीले फागुनको सेयर मूल्य ३ सय ३० रहेमा अहिले कम्पनीमा आएको उत्तार चढाब बैंकको ब्याजदर, विभिन्न राजनीतिक घटनाक्रमले कम्पनीको सेयर मूल्य विस्तारै घटेर साना रातो मैनबत्तीको आकारा निर्माण गरेकोहुुँदा कम्पनीको न्युनत्तम मूल्य २ सय ५२ मा आइपुुगेको भने उच्चतम् विन्दुु ३ सय ६१ रहेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको