Like us!
Follow us!
Connect us!
Watch us!

३३ कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, ०४ बैशाख २०७९, १३ : ०० मा प्रकाशित

३३ कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक लिमिटेडले ३३ कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले बैंककाे उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७९ साल वैशाख ९ गतेदेखि २०८० साल वैशाख ९ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २६ कराेड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४ करोड ९५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ कराेड ६५ लाख रुपैयाँ गरी कूल ३३ कराेड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले वैशाख ७ गते बिहान १० बजेदेखि राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

625bbf55f0582.jpg 625bbf6037fd0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको