Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्स र ए टु जेट अनलाइनबीच सम्झौता, सामान खरिद गर्दा विशेष छुट

अर्थ संसार

आइतबार, ०४ बैशाख २०७९, १६ : ०६ मा प्रकाशित

समृद्धि फाइनान्स र ए टु जेट अनलाइनबीच सम्झौता, सामान खरिद गर्दा विशेष छुट

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेट अनलाइन बजारबीच सम्झौता वैशाख ४ गते सम्झौता भएको छ । सम्झौता फाइनान्सको शाखा कार्यालय पुतलीसडक, काठमाण्डौँमा भएको हो ।

यो सम्झौतापछी फाइनान्सका ग्राहकहरुले ए टु जेट अनलाइन बजारबाट सामग्रीहरु जस्तै Laptop, Mobile, TV र अन्य Electronic सामानहरु खरिद गर्दा अधिकतम २० हजार सम्म वा १२.५ प्रतिशत सम्म छुट पाउनेछन् ।

Mobile Banking, Debit Card, ConnectIPS, Nepalpay QR Code प्रयोग गरी उक्त छुट प्रदान गरिने संस्थाका व्यवसाय प्रवद्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।

फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदरसहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ । 

 

                                                            


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको