बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप संकलन एकदिनमै ११ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चैत्र २९ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । चैत्र २८ गते, साेमबार बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ४९ खर्ब ८ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा कुल निक्षेप ११ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि १० अर्बले बढेर ४३ खर्ब ४१ अर्ब पुगेकाे छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने घटेकाे छ । कर्जा लगानी एक अर्बले घटेर ४७ खर्ब ३ अर्ब पुगेकाे छ ।
बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.७९ प्रतिशतबाट घटेर ९०.६० प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस