Like us!
Follow us!
Connect us!
Watch us!

हाथवे इन्भेष्टमेण्टसहित थप ३ कम्पनीले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दिए निवेदन

अर्थ संसार

आइतबार, ०४ बैशाख २०७९, १८ : ०२ मा प्रकाशित

हाथवे इन्भेष्टमेण्टसहित थप ३ कम्पनीले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दिए निवेदन

थप ३ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएका छन् । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, कालिञ्चाेक दर्शन र सिटी होटल लिमिटेड साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेका हुन् ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड​ले २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न चैत्र २५ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

यस्तै, कालिञ्चाेक दर्शनले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ लाख कित्ता आईपीओ निष्कासन गर्न चैत्र १५ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

त्यसैगरी, सिटी होटल​ले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न चैत्र ३० गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको