Like us!
Follow us!
Connect us!
Watch us!

खल्ती र स्वास्थ्य बीमा बोर्डबीच सम्झाैता, अब सजिलै प्रिमियम तिर्न सकिने

अर्थ संसार

मंगलबार, ०६ बैशाख २०७९, १२ : ०२ मा प्रकाशित

खल्ती र स्वास्थ्य बीमा बोर्डबीच सम्झाैता, अब सजिलै प्रिमियम तिर्न सकिने

खल्तीले समय मै स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गर्न सकिने भरपर्दो सुविधा शुरु गरेको छ । उपभोक्ताहरूले अब खल्ती मार्फत स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सक्नेछन्।

स्वास्थ्य बीमा बोर्ड नेपाल सरकार द्वारा सञ्चालित एक सामाजिक सुरक्षा योजना हो जस अन्तर्गत जो कोहीले कुनै पनि आर्थिक बोझ नलिई उच्च गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने प्रयास गर्दछ। स्वास्थ्य बिमा भुक्तानीमा थप सहजता ल्याउनका लागि ‘खल्ती’ ले प्रयोगकर्ताका लागि यो सेवा ल्याएको त्यसैले स्वास्थ्य बीमा बोर्डको सेवा लिएका व्यक्तिले ले ‘खल्ती’ बाट समयमै प्रिमियम तिर्न सक्नेछन्। 

यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “५० लाखभन्दा बढी नागरिकलाई समेट्ने यस प्रकारका अत्यावश्यक सार्वजनिक सेवाले जनतालाई डिजिटल भुक्तानी अपनाउन सक्षम बनाउँछ र हामी डिजिटल नेपालतर्फको अर्को पाइलाको रूपमा लिई अगाडी बढेका छौं ।” 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको