Like us!
Follow us!
Connect us!
Watch us!

"नयाँ गभर्नर आएर ४/१२ हटाएमा बजारमा सकारात्मक माहोल आउँछ"

अर्थ संसार टक

मंगलबार, ०६ बैशाख २०७९, १३ : २१ मा प्रकाशित

वर्ष २०७८ सेयर बजारको लागि सम्झनुपर्ने वर्ष भएको बताउँछन् सेयर विश्लेषक डा. केशव श्रेष्ठ । बजारमा धेरै लगानीकर्ताको प्रवेश र नेप्सेले सर्वाधिक विन्दु वर्ष २०७८ मा कायम गरेको थियो। 

४ वर्षको बुलिस र ४ वर्षको बियरिस भन्ने विश्लेषणबाट बाहिर आउनुपर्ने प्रविधिको विकास, आर्थिक उतारचढाव र Emerging Factors का कारण अहिले यस्तो नहुने उनको भनाइ छ । बजार अहिले बुलिस मनोविज्ञानमा रहेता पनि उल्लेख्य आधार नपाएमा बजार बियारिसमा जाने संकेत रहेको कारण संवेदनशील भएर कारोबार गर्नुपर्ने  उनी बताउँछन्। 

बजारमा देखिएको आक्रामक उतार चढाव बारे बोल्दै अहिले बजार घट्नुपर्ने आधारभूत परिवर्तन नभएको र माथि गएको बेला बजार माथि जानुपर्ने आधार नदेखिएको उनी बताउँछन् ।

बजारमा खेलाडीहरु साना भएपनि ठूला भएपनि सबै बजारमा खेल्ने र कसैले फेयर खेल्छन् भने कसैले फल खेल्ने तर सबैले बजारमा खेल्न आएको उनकाे धारणा छ । नियामकले विधि भन्दा बाहिर गएर कसैले खेलेको छन् भने उनीहरुलाई कारबाही गर्नुपर्ने उनले बताए ।

नीतिगत कुराहरूले क्यापिटल फ्लो कता लैजाने भन्ने कुरा नीतिगत रूपमा हुने हुँदा बजार गलत मार्ग तिर हुनुमा उनी नियामक दोषी भएको बताउँछन् ।

विश्लेषकले धेरै अगाडिदेखि बजारमा बटम लागेको भनी विश्लेषण गरिरहँदा झन् भन्दा झन् बजार तल गहिरहेको विषयमा बोल्दै नेपालमा प्राविधिक विश्लेषणले त्यति प्रभाव नगर्ने उनी बताउँछन् तर पनि यसको प्रयोग बढी रहेको छ । प्राविधिक विश्लेषण र आधारभूत विश्लेषणसँगै मनोवैज्ञानिक कुराहरूले बजारलाई प्रभावित गर्ने उनी बताउँछन् र मनोवैज्ञानिक कुराहरू सम्महालिन १-२ वर्ष लाग्ने र त्यसपछि बजारले राम्रो लय समात्ने उनको विचार छ र अहिले विश्लेषकहरुले भनेझैँ बजार छिट्टै नै लयमा फर्किने र बजार ६००० सम्म पुग्ने कुरामा आफू आशावादी नरहेको उनले बताए ।

चुनावको २ हप्ता अगाडिबाट बजारमा पैसा परिचालन हुन थालेपछि बाजार बढ्ने आशंका उनले गरेका छन् । चुनावको १ महिना अगाडिबाट बजार बढ्नेमा आशावादी रहेका उनी चुनाव सर्ने हल्लाले अपेक्षित बजार नबढेको उनी बताउँछन् । 

अब यदि नयाँ गभर्नर नियुक्त भई ४ /१२ को क्याप हटाउने निर्णय भएमा र लाभांस दिने समय आउने हुँदा बजार बढ्ने आधार हुने उनी बताउँछन् । सेबोनले कारोबार समयमा ब्रोकरहरुको फ्लोरशीट हेर्न नमिल्ने बनाएको निर्णय समर्थन नगरेपनि विरोध गर्नु नहुने उनी बताउँछन्। साना लगानीकर्ताहरु फ्लोर शीटको कारण मिस गाइडेड भएको उनी बताउँछन्। 

उनीसँगकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको