Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर सम्बन्धी राष्ट्र बैंकको नीती बाध्यता हैन अवसर : अध्यक्ष, एनसीसी बैंक

अर्थ संसार

मंगलबार, ०६ बैशाख २०७९, १४ : ५४ मा प्रकाशित

नेपाल क्रेडीट एण्ड कर्मश बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले मुलुकको धेरै ठुलो अर्थतन्त्र औपचारिक बैंकिङ माध्यम बाहीर रहेको बताएका छन् । समग्र अर्थतन्त्र औपचारिक माध्यममा नहुदा विभिन्न समस्या भईरहेकोले यसतर्फ सम्बन्धीत निकायको शिघ्र ध्यान जानुपर्नेमा उनको जोड छ । 

उनले नेपालको बैंकिङ क्षेत्रमा विश्वब्यापी स्टेन्डरमा पेशागत गुण आईनसकेको स्वीकार गर्दै अगाडी बढाउन निरन्तर पहल कदमी भईरहेको उल्लेख गरे । बैंकिङ क्षेत्रमा सुधारको लागी हरेक कार्यको लागी लामो र झन्झटिलो प्रकृया अवलम्बन गर्नुपर्ने बाध्यताको पनि अन्त्य गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाई छ ।

व्यवसायीक र बैंकिङ क्षेत्र एउटै ब्यक्तीको हातमा हुनु नेपालको अर्थतन्त्र बाध्यता भएको उनकाे बुझाइ छ । दुवै क्षेत्र एउटै भएकाले कहिले काँही समस्या देखिने भएपनि व्यवसायीक क्षेत्रलाई बाहीर गर्दा व्यवसायीको पूँजी सुरक्षाको प्रत्याभुति गर्नुपर्ने पनि उनी बताँउछन् ।

उनले बैंकलाई अहिले नेसनल प्रोफाइलको रुपमा विकास गरीरहेको पनि बताएका छन् । आफू अध्यक्षमा आईसकेपछि प्राथमिकता आमसर्वसाधारणको बैंकिङ पहुँच वृद्धीमा रहेको उनको भनाई छ । शाखा विस्तार र सरल बैकिङको सेवा प्रभावबाट यो लक्ष्य पुरा हुनेमा उनको दृढ विस्वास देखिन्छ । 

मर्जर सम्बन्धी राष्ट्र बैंकको नीती कुनै बाध्यता नभएर अवसर भएको अध्यक्ष न्यौपानेको धारणा छ । यस नीति बैंकहरुमा देखिएको पूँजी अभावको समस्यालाई समाधान गर्नुका साथै पुजी वृद्धीमा पनि सहयोगी सावित हुने उनको विश्वास छ । एनसीसी बैंक मर्जरका विषयमा खुला रहेको बताउदै उनले कतिपय बैंकले मर्जर नितीलाई समस्याको रुपमा लिनु दुखःद भएको बताए ।

उनले अहिलेको आर्थिक बिस्मताको अवस्थामा गर्भनर निलम्बनको निर्णय गलत भएको पनि बताएका छन् ।

उनीसँगकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको