Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनलाई मानवीय सहायताको खाँचाे : संयुक्त राष्ट्रसंघ

अर्थ संसार

मंगलबार, ०६ बैशाख २०७९, १६ : ४८ मा प्रकाशित

युक्रेनलाई मानवीय सहायताको खाँचाे : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायताको खाँचौ भएको उल्लेख गर्दै उपलब्ध गराउनका लागि आग्रह गरेका हुन् ।

युक्रेनमा रुसले आक्रमण गरेपछि भएको क्षतिको आंकलन भइरहेको र मानिसहरुको उद्धार भइरहेको अधिकारीहरुले जनाएका छन । महासचिव गुटेर्रेसले अप्ठेरोमा परेका नागरिकलाई उद्धार गर्न र आवश्यता अनुसारको मानवीय सहायता उपलब्ध गराउन विश्व समुदाय समक्ष आह्वान गर्दै सहायता वितरणको काममा कुनै अवरोध नगर्न युद्धरत पक्षलाई पनि आग्रह गरेका हुन ।

युक्रेनका कतिपय शहरहरुमा नागरिकहरु अप्ठेरोमा परेर बाँचिरहेकाले उनीहरुको सहायताका लागि महासचिव गुटेर्रेसले आग्रह गरेको राष्ट्रसंघले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको