Like us!
Follow us!
Connect us!
Watch us!

गठबन्धनमा टुंगियो महानगरको भागबण्डा

अर्थ संसार

मंगलबार, ०६ बैशाख २०७९, १७ : ४५ मा प्रकाशित

गठबन्धनमा टुंगियो महानगरको भागबण्डा

सत्तारुढ गठबन्धनको बैठकमा प्रमुख राजनीतिक दलहरुबीच महानगरको नेतृत्व बाँडफाँडमा सहमति जुटेको छ । गठबन्धनको बैठकमा सहभागी नेताहरुका अनुसार नेपाली कांग्रेसले तिन र अन्य दलहरुले एक÷एक महानगरको नेतृत्व पाउने भएका हुन । 

सहमती अनुसार काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व नेपाली कांग्रेसले लिनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर, नेकपा एकिकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगन्ज महानगरको नेतृत्व पाँउनेछन । 

अबको छलफल भने उपमहानगरपालिकाको नेतृत्व बाँडफाँटमा केन्द्रित हुने नेताहरुले जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको