Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंक घाटामै, ईपीएस २ रूपैयाँ १२ पैसा ऋणात्मक

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १६ : ०७ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंक घाटामै, ईपीएस २ रूपैयाँ १२ पैसा ऋणात्मक

नारायणी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७८/७९ काे तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेश्राे त्रैमाससम्म आइपुग्दा बैंक २१ लाख ९ हजार रुपैयाँ घाटामा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंक ५२ लाख ५४ हजार रुपैयाँ घाटामा रहेको थियो । 

यसैगरी, समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने ५३ लाख ८३ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ७ लाख ८५ हजार रूपैयाँ ऋणात्मक रहेकाे थियाे ।

त्यस्तै, बैंकको चुक्ता पुँजी २३ करोड १४ लाख ९२ हजार रुपैयाँ र जगेडा कोषमा १२ करोड ९४ लाख ४९ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) २ रूपैयाँ १२ पैसा ऋणात्मक छ । बैंककाे प्रतिसेयर नेटवर्थ ६१ रुपैयाँ ७४ पैसा रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको