साताको अन्तिम कारोबार दिन आज बिहीबार कारोबार समयमा हामी एक ब्रोकर हाउसमा पुग्यौँ । त्यहाँ पुग्दा बजारको अवस्था छर्लङ्गै देखिन्थ्यो । पहिले पहिले बजारमा रौनकता हुँदा लगानीकर्ताहरूले भरिभराउ हुने त्यो ब्रोकर हाउसका सीटहरू आज भने खाली देखिए ।
सेयर बजार निरन्तर ओरालाे यात्रामा छ । बजार निरन्तर घट्दा लगानीकर्ताको मनोबल पनि घट्दै गइरहेको छ ।
ब्राेकर हाउस बाहिर माेबाइलमा घाेरिएर उभिएका एक जना लगानीकर्ताले भने, "जति हेरे नी बजारमा राताेबाहेक केही देखिँदैन । ब्रोकर हाउस आएर पनि के गर्नु अहिले बजार बढ्ने आशाको किरण कतैबाट नै देखिएको छैन । लगानीकर्ताको लाखौँ रकम बजारमा फसेको छ । बजारलाई नियाल्दा झन् तनाव हुन्छ, राति निन्द्रा लाग्न छाडिसक्यो बरू पोर्टफोलियो नै हेर्न छाड्ने कमसेकम तनाव त कम हुन्छ नी ।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस