शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर लिलाम खुल्ला गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहको ७७ हजार ७२० कित्ता सेयर लिलामी खुलाउदै छ ।
वैशाख १९ बाट खुल्ने लिलामीमा इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनसक्ने छन् । लिलामी भर्ने अन्तिम म्याद वैशाख २६ गते तोकिएको छ ।
शिखर इन्स्योरेन्सले यस अघि शिखरले चैत १ गतेबाट चैत २१ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री खुला गरेको थियो । उक्त नबिकेका हकप्रद कम्पनीले लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलीसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट पनि यसमा आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस