Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनको इन्धन र तेल प्रशोधन केन्द्र ध्वस्त

अर्थ संसार

मंगलबार, १३ बैशाख २०७९, ०७ : ४२ मा प्रकाशित

युक्रेनको इन्धन र तेल प्रशोधन केन्द्र ध्वस्त

रुसी सेनाले मध्ययुक्रेनी सहर क्रेमेन्चुकमा इन्धन र तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो ।  रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले युक्रेनमा रुसी ‘विशेष सैन्य कारबाही’ बारे गरिएको एउटा ब्रिफिङमा रुसी सेनाले धेरै सैन्य क्षेत्रमा हमला गरेको जनाएको छ ।

प्रवक्ता कोनासेन्कोभले भने, ‘रुसी सशस्त्र बलहरूले युक्रेनमा विशेष सैन्य कारबाही जारी राखेका छन् । लामो दूरीका हतियारहरूले क्रेमेन्चुक सहरको बाहिरी भागमा रहेको तेल प्रशोधन केन्द्र ध्वस्त पारेका छन् ।’ रुसी फौजले युक्रेनका ५६ ओटा सैन्य आधारहरूमा हमला गरेको मस्कोले दाबी गरेको छ । यद्यपि, मस्कोको दाबी पुष्टि हुन बाँकी नै छ ।

रुसले मारिओपोलमा रहेको एजोभस्टल स्टिल कारखानामा आक्रमण रोक्ने र त्यहाँबाट सर्वसाधारणलाई बाहिर निस्कन दिने बताएको छ । तर, युक्रेनले लिखित सुरक्षा सुनिश्चितताको माग गरेको छ ।

यसैबीच, सो सहरबाट भागेका मानिसहरूले आफूहरूलाई एउटा प्रशोधन केन्द्रमा राखिएको बीबीसीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको