Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रो ३ करोड २७ लाख नाफामा, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, १६ बैशाख २०७९, १० : ५० मा प्रकाशित

नेशनल हाइड्रो ३ करोड २७ लाख नाफामा, ईपीएस कति ?

नेशनल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ करोड २७ लाख २२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे छ । गत वर्षको यसै अवधिमा कम्पनी ६६ लाख ९२ हजार रूपैयाँ नाेक्सानमा रहेकाे थियो।

समिक्षा अवधिसम्म कम्पनीकाे सञ्चालन आम्दानी पनि बढेर १ करोड ६६ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीकाे सञ्चालन आम्दानी ६८ लाख ६१ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड २५ लाख १६ हजार रुपैयाँ र जगेडा कोषमा ३ करोड ४४ लाख ६५ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ १० पैसा रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

626b72c2ec669.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको