Like us!
Follow us!
Connect us!
Watch us!

सुमेरु सेक्युरिटिजकाे सेयर सचेतना कार्यक्रम सम्पन्न, लगानीकर्ताकाे बाक्लाे उपस्थिती

अर्थ संसार

शुक्रबार, १६ बैशाख २०७९, १७ : ३५ मा प्रकाशित

सुमेरु सेक्युरिटिजकाे सेयर सचेतना कार्यक्रम सम्पन्न, लगानीकर्ताकाे बाक्लाे उपस्थिती

ब्रोकर नम्बर ३९ अर्थात् सुमेरु सेक्युरिटिज प्राइभेट लिमिटेडले आज (वैशाख १६ गते, शुक्रबार) बिर्तामोड झापामा सेयर सचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । कम्पनीले लगानीकर्ता तथा आफ्ना ग्राहकलाई सेयर बजारकाे बारेमा सचेतना दिलाउने उद्देश्यले बिर्तामोड झापाको सिटी सेन्टरको साई पार्टी प्यालेसमा उक्त कार्यक्रम आयाेजना गरेकाे हाे ।

कार्यक्रममा लगानीकर्ताहरूकाे बाक्लाे उपस्थिती रहेकाे आयोजककाे तर्फबाट सागर खतिवडाले जानकारी दिएका छन् । 

कार्यक्रममा नेप्सेको तर्फबाट निरन्जन फुयाल, गरिमा क्यापिटलका सिईओ निर्मल भट्टराई, मेरो लगानीका सिइओ अतीत लाल श्रेष्ठ सहभागी रहेका थिए ।

हाल सुमेरुले आफ्नो कार्यालय काठमाडौँको ज्ञानेश्वर र शाखा कार्यालय बिर्तामोड झापाबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ। 

No description available.

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको