Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकद्वारा वृद्ध भत्ता वितरण

अर्थ संसार

सोमबार, १९ बैशाख २०७९, १७ : ११ मा प्रकाशित

कुमारी बैंकद्वारा वृद्ध भत्ता वितरण

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पु‍र्याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पु‍र्याउने कार्य सम्पन्न गरेको छ ।

नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरूले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुईदेखि तीन दिनको बाटो हिँड्नुपर्ने कष्टलाई मध्यनजर गरेर कुमारी बैंक लिमिटेडले काठमाडौंदेखि चुम्नुब्रीसम्म हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पु‍र्याउने कार्य सम्पन्न गरेको हो ।

वैशाख १५ गते कुमारी बैंकका व्यापार समन्वय विभागका प्रमुख, रोहित सिंहको नेतृत्वमा गएको तीन जनाको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगद पु‍र्याउने कार्य गरेको थियोे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको