Like us!
Follow us!
Connect us!
Watch us!

केशव स्थापित र बालेन शाह जम्काभेट, अनि भयो यस्तो

अर्थ संसार

आइतबार, २५ बैशाख २०७९, १० : ५८ मा प्रकाशित

केशव स्थापित र बालेन शाह जम्काभेट, अनि भयो यस्तो

काठमाडौँको शान्तिनगर क्षेत्र बिहान गर्मियो।  गर्मिनुको कारण काठमाडौँ महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित र मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन शाह एक्कासी आफ्नो दलबल सहित जम्काभेट हुनु। 

मेयरको प्रतियासी तथा प्रतिस्पर्धी यसरी जम्काभेट भए संगै दुबै टोलीले ठूला ठूला नारा लगाउन थाले। तर जब स्थापित र बालेन नजिक आए उनीहरुले एक अर्कालाई अंकमाल गर्दै हार्दिकता देखाए र एकअर्कालाई शुभकामना दिए।

चुन्नावको प्रचारप्रसार गर्ने क्रममा स्थापित बालेनप्रति आक्रमक देखिने गरेका थिए। बालेनको बारे विरुद्ध बोलेको कारण निर्वाचन आयोगले स्थापितलाई  स्पष्टीकरण पनि सोधेको थियो। स्थापितले बालेनलाई आफ्नो परिचय लुकाएर भोट माग्ने गरेको आरोप लगाएका थिए।

बालेनले तेस्को जवाफमा दिँदै स्थापित आफ्नो 'बान्ड एम्भेस्डर' भएको प्रतिक्रिया दिएका थिए।

Photo: binay_creation

62775579149c7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको