भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।
आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । जेठ २ गते आइओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो।
आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२ रूपैयाँ ९४ पैसा, डिजेलको खरिद मूल्य १८८ रूपैयाँ ३३ पैसा र मट्टितेलको खरिद मूल्य १ सय ४० रूपैयाँ ३६ पैसा पुगेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस